दशैमा बढी प्रयोग हुने मसला कति फाइदाजनक ? कुन मसलाको के असर हेर्नुहोस्

जीरा र धनियाँ प्रयोग नहुने भान्छा सायदै कम होला । खानालाई स्वादिलो बनाउनका लागि यसको भुमिका महत्वपूर्ण रहेको हुन्छ । साथै नेपाली खानामा प्रयोग गरिने मसलाका परिकारहरू जीरा, धनियाँ, बेसार, मरिच, खुर्सानी, लसुन, अदुवा, प्याजको प्रयोग स्वादका लागि मात्र नभई स्वस्थवद्र्धक पनि मानिन्छ ।

साधारण खानाका लागि देखि मासुका परिकारसम्मका लागि समेत जिरा अनिवार्य रहेको हुन्छ । खानामा स्वाद थप्नुका साथै यिनीहरुका थुप्रै फाइदा रहेका छन् । खाना बनाउदा प्रयोग गरिने मसलाका फाइदाहरु :

जिराका फाइदाहरु :
पाचन प्रक्रियामा सुधार ल्याउनका लागि उपयोगी
शरिरमा भएको बोसो नियन्त्रण गर्न
कोलेस्टेल नियन्त्रण गर्न
पेट दुखाई कम गर्न
मोटोपन घटाउन
मधुमेहको रोकथाम गर्न
प्रतिरक्षा शक्तिमा सुधार ल्याउन
पायल्सबाट राहत दिन्छ ।

धनियाँका फाइदाः
धनियालाई बिज्ञानले पनि विभिन्न औषधीका लागि उपयोगी हुनसक्ने पुष्टि गरिसकेको छ ।

यसका फाइदाहरुः

पेटको समस्याका समाधानका लागि फाइदाजनक
पखाला नियन्त्रण गर्न
प्रतिरक्षा शक्तिमा सुधार ल्याउन
जोर्नी दुख्ने समस्याका लागि फाइदाजनक
वान्ता नियन्त्रण गर्न
हिचकी नियन्त्रणका लागि
मधुमेह नियन्त्रण गर्न
रिंगटा लागेमा उपयोगी

दालचिनीका फाइदाः
दालचिनी र अलैची दुवै मिसाएर प्रयोग गर्नाले खाना पचाउन र पर्याप्त माात्रामा पोषण तत्व प्राप्त गर्नका लागि मद्दत गर्ने गर्दछ ।

फाइदाहरुः
वाकवाक लाग्दा
झाडापखाला लाग्दा
मुख गन्हाउदा
खोकी लाग्दा, घाँटी दुख्दा
पिसाबको सङ्क्रमण हुन बाट बचाउछ ।

अदुवाका फाइदा :
अदुवाले स्वास गन्हाउने समस्याबाट छुटकारा दिन्छ
यसले जोर्नीहरुमा आउने समस्या कम गर्ने गर्छ
साथै कब्जियतबाट पनि बचाउँछ ।

 

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "दशैमा बढी प्रयोग हुने मसला कति फाइदाजनक ? कुन मसलाको के असर हेर्नुहोस्"

Leave a comment

Your email address will not be published.


*