‘सरकारले नै निर्वाचन आचारसंहिता उल्लङ्घन गर्यो ‘

कामाठाडाैं । युवा संगठन राप्रपा निकट युवा संगठन राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले सरकारलाई कारबाही गर्न निर्वाचान आयोगको ध्यानाकर्षण गराएको छ । सरकारले निर्वाचन आचारसंहिताको उल्लंघन गरेको भन्दै राप्रपा निकट युवा संगठनले प्रेस विज्ञप्ति मार्फत सरकारलाई कारबाही गर्नु पर्ने माग गरेको हो ।

संगठनका अध्यक्ष प्रकाश रिमालले जारी गरेको विज्ञप्तिमा निर्वाचनको कार्य तालिका सार्वजनिक भईसकेको अवस्थामा मन्त्रालय विस्तार, न्यायधीश तथा प्रमुख जिल्ला अधिकारीको स?वा लगायतका काम गरेको भन्दै कारवाहीको माग गरेको हो । संघले सरकारले नै निर्वाचन आचारसंहिता उल्लंघन गर्दै कानुनको खिल्ली उडाएको आरोप लगाएको छ ।

“निर्वाचन आयोगले यस्तो घटनाप्रति सचेत गराउने, कारबाही गर्ने र परिपालनाको लागि कडी कढाउ गर्ने समेतका कार्य गर्नुपर्नेमा लाचार भई केहि गर्न नसक्नुले निर्वाचन आयोग जस्तो संवैधानिक निकायप्रति जन अपेक्षा समेत घटेको छ । निर्वाचन आयोगका प्रमुख आयुक्तले सार्वजनिक ?पमै प्रधानमन्त्रीलाई कारबाही गर्न नसकिने भनि अभिव्यक्ति दिएकोमा हामीलाई आश्चर्य समेत लागेको छ ।” विज्ञप्तिमा भनिएको छ

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "‘सरकारले नै निर्वाचन आचारसंहिता उल्लङ्घन गर्यो ‘"

Leave a comment

Your email address will not be published.


*