बिरगञ्ज महानगरको मतगणना सुरु, सिसि टिभीको निगरानीमा गणनास्थल

काठमाडौँ । प्रदेश नम्बर दुईको एकमात्र महानगरपालिका बिरगञ्जमा भर्खरै मतगणना सुरु भएको छ । मतगणना स्थलमा सिसि टिभी क्यामरा जडान गरिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यलयले दिएको जानकारी अनुसार भर्खरै महानगरको मतगणना सुरु भएको हो ।

सोमबार भएको मतदानमा विरगञ्ज नगरपालिकामा ८०.१ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ । महानगरमा नेपाली काँग्रेस, नेकपा एमाले , राजपा र माओवादी केन्द्रबिच प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "बिरगञ्ज महानगरको मतगणना सुरु, सिसि टिभीको निगरानीमा गणनास्थल"

Leave a comment

Your email address will not be published.


*