नेपाली काँग्रेसले चियापानमा अपनायाे चुनावी रणनीति !

काठमाडाैं । नेपाली कांग्रेसले कोजाग्रत पूर्णिमाको दिन केन्द्रको सट्टा ३३० प्रादेशिक निर्वाचन क्षेत्रमा नै चियापानको आयोजना गर्ने जनाएकाे छ । हरेक वर्ष दशैं पश्चात काेजाग्रत पूर्णिमाको दिन काँग्रेसले शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम गर्ने गरेकाे थियाे ।

वि.सं. २०३३ सालमा प्रवासबाट स्वदेश फर्किएपछि बी.पी. कोइरालाले शुरु गरेकाे परम्परालाई निरन्तरता दिंदै दशैंको कोजाग्रत पूर्णिमाका दिन शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम केन्द्रमा आयोजना गर्ने गरिएको थियाे ।

नेपाली काँग्रेसले आसन्न संसदीय र प्रादेशिक निर्वाचनका लागि आम जनता माझ क्रियाशील रहनु पर्ने भएकाले सो कार्यक्रमलाई अझ व्यापकता दिनु पर्ने आवश्यकता बोध गर्दै केन्द्रको सट्टा यस वर्षको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम ३३० प्रादेशिक निर्वाचन क्षेत्रमा नै आयोजना गर्ने नेपाली कांग्रेसले निर्णय गरेको जनाएकाे छ ।

असोज ३, २०७४
प्रेस विज्ञप्ति

वि.सं. २०३३ सालमा प्रवासबाट स्वदेश फर्कनु भएपछि जननायक बी.पी. कोइरालाले शुरु गर्नु भएको परम्परालाई निरन्तरता दिंदै दशैंको कोजाग्रत पूर्णिमाका दिन केन्द्रमा आयोजना गर्ने गरिएको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम आसन्न संसदीय र प्रादेशिक निर्वाचनका लागि आम जनता माँझ क्रियाशील रहनु पर्ने भएकाले सो कार्यक्रमलाई अझ व्यापकता दिनु पर्ने आवश्यकता बोध गर्दै केन्द्रको सट्टा यस वर्षको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम ३३० प्रादेशिक निर्वाचन क्षेत्रमा नै आयोजना गर्ने नेपाली कांग्रेसले निर्णय गरेको छ ।

कृष्णप्रसाद पौडेल
मुख्य सचिव

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "नेपाली काँग्रेसले चियापानमा अपनायाे चुनावी रणनीति !"

Leave a comment

Your email address will not be published.


*