यि हुन् विश्वको सबैभन्दा लामो खुट्टा भएकी महिला

एजेन्सी । रसियाकी यि महिलाको नाम विश्वको सबैभन्दा लामो खुट्टा भएकी महिलाको रुपमा गिनिज बुकमा रेकर्ड भएको छ । रसियन मोडेल इकाटेरिना लिसिनाले यस्तो किर्तिमान राखेकी हुन् । यिनले यो भन्दा अघि नै विश्वकी अग्ली मोडलको उपाधि पनि प्राप्त गरिसकेकी छिन् ।

उनको लम्बाई ६ फिट ९ इन्च रहेको छ । २९ बर्षीया यि मोडलको बायाँ खुट्टाको लम्बाई १३२.८ सेन्टिमिटर छ भने दायाँ खुट्टाको लम्बाई १३२.२ सेन्टिमिटर रहेको छ ।

खासमा इकाटेरिना लिसिनाको परिवारका सबै सदस्यहरु अग्ला नै रहेका छन् । उनका दाजू ६ फिट ६ इन्च अग्ला छन् । जबकी उनका बुवा ६ फिट ५ इन्च अग्ला छन् भने उनकी आमा ६ फिट १ इन्च अग्ली रहेकी छिन् ।

लिसिना भन्छिन्, गिनीज बुक अफ वल्र्ड रेकर्डमा आफ्नो नाम आउनु मेरा लागि एकदमै गर्वको विषय रहेको छ । गिनिज बुकमा नाम लेखाउन पाउँदा निकै अनौठो अनुभुति भइरहेको भन्दै यसले दिनानुदिन पाइरहेको सकारात्मक दृष्टिमा अझै बढोत्तरी हुने विश्वास रहेको बताइन् ।

कुनैबेला लामा खुट्टाका कारण अपहेलनाको सिकार हुनुपरेकी यि मोडलले अन्ततः विश्वकै लामो खुट्टा भएकी महिलाको रुपमा गिनिज बुकमा नाम लेखाएर विश्वभर चर्चामा पाएकी छिन् ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "यि हुन् विश्वको सबैभन्दा लामो खुट्टा भएकी महिला"

Leave a comment

Your email address will not be published.


*