प्रदेश नम्बर २ मा निर्वाचन आचार संहिताको धज्जी उडाउँदै सात दल

काठमाडौँ । तेस्रो चरणको स्थानीय तह निर्वाचन अन्र्तगत प्रदेश नम्बर २ मा असोज दुई गते हुने निर्वाचनमा सात राजनीतक दलले आचार संहिताको ब्यापक उल्लघन गरेको निर्वाचन आयोगले जनाएको छ ।

आयोगले एक विज्ञप्ति जारी गर्दै ती दलहरुलाई आचार संहिता उल्लघंन नर्गन ध्यनाकर्षण समेत गराएको छ । आचार संहिता उल्लघंन गर्ने दलको पहिलो नम्बरमा सरकारको नेतृत्व गरिरहेको नेपाली काँग्रेस छ । आचार संहिता उल्लघंन गर्ने दोस्रोमा नेकपा एमाले र तेस्रोमा माओवादी केन्द्र छन ।

त्यसपछि क्रमश राष्ट्रिय प्रजातन्त्र पार्टी, संघिय समाजवादी फोरम नेपाल, नेपाल लोकतान्त्रिक फोरम र राष्ट्रिय जनता पार्टीले पनि निर्वाचन क्षेत्रमा निर्वाचन आचार संहिताको धज्जी उडाएको आयोगले जनाएको छ ।

आचार संहिताको पूर्ण पालना गर्न अगुवा भनिएका दलहरु नै अग्रसर नहुँदा स्वच्छ निर्वाचन प्रक्रिय जोखिममा परेको भन्दै आयोग चिन्तित बनेको छ ।

यस्ता छन आचार सुंहिता उल्लघंनका घटना

  • निर्वाचन प्रचार प्रसारका लागि तोकिए भन्दा धेरै सवारी साधन प्रयोग गरेको
  • गाडी, मोटरसाईकल, रिक्सा र साईकल सहितका ठुला र्याली निकालीएको
  • चुनाव चिन्ह अंकित टोपी, टिसर्ट,गम्छा, झोला, स्टीकर आदीको प्रयोग गरिएको
  • निर्वाचन प्रचार प्रसार गर्न बालबालिकाको ब्यापक प्रायोग गरिएको
  • ठुला आवाजमा माईक बजाई चुनाव प्रचार प्रसार गरिएको
  • भित्ते लेखन गरिएको
  • ताकिएको भन्दा ठुला आकारमा ब्यानर तथा पर्चा तथा तसल प्रयोग गरिएको
  • सार्वजनिक स्थालहरुमा पोस्टर, तुल ब्यानर टाँसीएको
  • तोकिएको भन्दा ठुला झण्डाहरु प्रयोग गरिएको

 

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "प्रदेश नम्बर २ मा निर्वाचन आचार संहिताको धज्जी उडाउँदै सात दल"

Leave a comment

Your email address will not be published.


*