प्रदेश नं. २ को निर्वाचनका लागि शुक्रबारबाट मौन अवधि सुरु, के गर्न पाइन्न ?

काठमाडौं । प्रदेश नं. २ मा यहि असोज २ गते हुन गईरहेको तेस्रो चरणको स्थानीय तहको निर्वाचनका लागि शुक्रबारबाट मौन अवधि सुरु हुने भएको छ । भोलि राति १२ बाजेदेखि मौन अवधि शुरु हुने भएकोले यो अवधिमा पालाना गर्नुपर्ने नियम वा आचारसंहितामा ध्यान दिन निर्वाचन आयोगले आग्रह गरेको छ ।

आयोगले आज सार्वजानिक सुचना जारी गर्दै राजनैतिक दल, उम्मेदवार, नागरिक समाज, आम मतदातालगायतलाई मौन अवधिमा पालाना गर्नुपर्ने आचारणमा ध्यान दिन आग्रह गरेको हो । आयोगका अनुसार मौन अवधिमा उम्मेदवार वा राजनैतिक दलको निर्वाचन चिन्ह अंकित टोपी, टिसर्ट, झोला लगायतका सामाग्री प्रयोग गर्न पाइने छैन । यस्तै निर्वाचन आयोगले भोलिदेखि असोज १ गतेसम्म मतदाता परिचय वितरण गर्ने जनाएको छ ।

प्रदेश नम्बर २ का आठ जिल्लाका १ सय ३६ स्थानीय तहमा असोज २ गते सोमबार बिहान ७ देखि बेलुकी ५ बजेसम्म मतदान हुँदैछ । स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा २६ लाख ६४ हजार ७ सय ९२ मतदाताले आफ्नोे मताधिकार प्रयोग गर्दैछन् ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "प्रदेश नं. २ को निर्वाचनका लागि शुक्रबारबाट मौन अवधि सुरु, के गर्न पाइन्न ?"

Leave a comment

Your email address will not be published.


*