त्रिशूली जलविद्युत् उत्पादन गृहमा आगलागी

काठमाडौं । त्रिशूली जलविद्युत् उत्पादन गृह नुवाकोट अन्तर्गत त्रिशूली फ्युज सेवामा आगलागी हँुदा केन्द्रबाट प्रवाह हुने विद्युत् सेवा अवरुद्ध भएको छ । विद्युत् उत्पादन गृह भने सुरक्षित छ ।

गएराती राति पौने १० बजे विद्युत् वितरण गर्न जडान गरिएको ‘इनकमर’ र वितरणको सातवटा फिडर रहेको फ्युज शाखामा आगलागी हँुदा विद्युत् वितरण सेवा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आगो झण्डै आधा घण्टा पछि नियन्त्रणमा लिइएको थियो । नुवाकोट, रसुवा र धादिङका धेरै ठाउँमा विद्युत्सेवा अवरुद्ध भएको छ ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "त्रिशूली जलविद्युत् उत्पादन गृहमा आगलागी"

Leave a comment

Your email address will not be published.


*