चुुनावमा बालबालिकाको प्रयोग आचार संहिताको उल्लंघन होइनः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चुनावमा भइरहेको बालबालिकाको प्रयोग आचारसंहिताको उल्लंघन नभएको बताएका छन् ।

सिरहाको धनगढीमा आयोजित चुनावी सभालाई बुधवार सम्बोधन गर्दै उनले बालकदेखि बृद्धसम्म चुनावमा होमिएकाले त्यसलाई आचारसंहिता उलग्घन भन्न नमिल्ने बताएका हुन । पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष दाहालले १० महिनाको पहलपछि मधेसका सबै दल चुनावमा होमिएपछि जनता उत्साहीत बनेको बताए । उनले मधेसलाई हेप्ने राष्ट्रबाद र मधेसलाई टुक्रयाउन खोज्ने राष्ट्रबाद दुबै पाखण्ड र बेकारको राष्ट्रबाद भएको दावी गरे ।

मधेस, हिमाल र पहाडलाई एक बनाउने नै प्रगतिशिल राष्ट्रबाद भएको अध्यक्ष दाहालको भनाइ थियो । दाहाल आफू निर्वाचित सिरहाको साबिकको क्षेत्र नम्बर पाँच मा पर्ने गोलबजार र मिर्चैया नगरपालिकामा समेत चुनावी सभामा सहभागी भएका थिए ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "चुुनावमा बालबालिकाको प्रयोग आचार संहिताको उल्लंघन होइनः प्रचण्ड"

Leave a comment

Your email address will not be published.


*