८ फिट ८ ईन्च लामो बाघको छालासहित एक पक्राउ

काठमाडाैँ ।  वन्यजन्तुसँग सम्बन्धित अपराध अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले बुधबार बाघको छालासहित एक जनालाई पक्राउ गरेको छ ।

काठमाडौँको बुढानिलकण्ठ ८ गणेश चोकबाट बाघको छाला सहित प्रेम बहादुर शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । सुर्खेत चिसापानीका ६३ वर्षीय शाहीलाई प्रहरीले आवश्यक कानूनी कारवाहीको लागि जिल्ला वन कार्यालय काठमाण्डौमा बुझाईएको जनाएको छ ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "८ फिट ८ ईन्च लामो बाघको छालासहित एक पक्राउ"

Leave a comment

Your email address will not be published.


*