‘लिलिविली’ घोषणा, प्रदिपले लिए २२ लाख पारिश्रमिक

निर्देशक मिलन चाम्सले निर्माण तथा निर्देशन गर्न लागेको फिल्म ‘लिलिविली’ को औपचारिक निर्माण घोषणा गरिएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गरी यो फिल्ममा नायक प्रदीप खड्का मुख्य भूमिकामा रहेको घोषणा गरियो ।

फिल्ममा प्रदीपले दुई नायिकासँग रोमान्स गर्दैछन् । जसिता गुरुङ र रेविका गुरुङ यी दुई नायिकाले ‘लिलिविली’ बाट फिल्ममा पाइला राख्न लागेका हुन् । फिल्ममा नायक अनुप विक्रम शाही पनि मुख्य भुमिकामा रहनेछन् ।

कात्तिकको ७ गतेबाट यो फिल्मको छाँयांकन सुरु गरिने भएको छ । मिलन चाम्सको साथमा गोविन्द शाही र सुदीप खड्काको फिल्ममा संयुक्त लगानीमा हुनेछ ।

चार बडिगार्डसहित फिल्मको औपचारिक निर्माण घोषणा कार्यक्रममा प्रवेश गरेका प्रदीपल ‘लिलिविली’ टिमसँग जोडिन पाउँदा निकै खुशी महशुस गरेको बताए । उनले भने, ‘मलाई सधै एउटै प्रश्न आउने गथ्र्याे, आशुषेन फिल्मस्को ब्यानरभन्दा बाहिरी ब्यानरको फिल्ममा काम गर्नुहुन्न ? अब ‘लिलिविली’ ले यो प्रश्नको पनि उत्तर दिएको छ । प्रेमगीत र प्रेमगीत २ मा जुन तरिकाले मिहेनत गरेको थिएँ, यसमा पनि सोही अनुसारको मिहेनत गर्नेछुँ ।’

प्रदिपले यो फिल्ममा २२ लाख पारिश्रमिक र थाइल्याण्ड तथा म्यानमारको राइट्स समेत लिएको बताइएको छ । पारिश्रमिकको विषयमा प्रदिपले भने, मलाई पारिश्रमिकको त्यति मतलब छैन, पारिश्रमिक नै ठुलो कुरा पनि होइन । फिल्मको कथाबस्तु, आफ्नो भुमिका, ब्यानर र निर्देशक हेरेर मात्र मैले फिल्म साइन गर्ने गरेको छुँ ।

फिल्म साढे दुई करोड लगानीमा बन्न लागेको छ । चैत ३० गतेलाई प्रदर्शन मिति तोकिएको फिल्मको सम्पूर्ण छायाँकन बेलायतको स्कटल्याण्ड, ईङगल्याण्ड र लण्डनमा हुनेछ ।

यसअघि यो फिल्ममा नायक अनमोल केसीलाई अफर गरिएको खबर आएको पनि थियो ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "‘लिलिविली’ घोषणा, प्रदिपले लिए २२ लाख पारिश्रमिक"

Leave a comment

Your email address will not be published.


*