मरेको ५ घण्टापछि जीवित भएर बोले यि मानिस

भारतको भोपाल राज्यको बैरागढमा रहदै आएका ७६ बर्षका मोटुमल वासवानी मरेको करिब ५ घण्टापछि जिउदो भएका छन् । यस्तो घटना तब भयो जब घरका मानिसहरु र आफन्तहरु उनको अन्तिम संस्कारको तयारी गरिसकेका थिए । उनको शव अस्पतालबाट शव वाहनमा घर ल्याउदै गरेको अवस्थामा अचानक उनी उठेर सिटमा बसे र सिधीं भाषामा भने, हरि ऊँ..मुख्खे कैडा ता खणी हलो ता (हरि ओम मलाई कहाँ लगिरहेका छौ?)

भारतीय सञ्चार माध्यममा प्रकाशित खबरका अनुसार भोपालको बैरागढका वासवानी २ सय संस्थाहरुमा आबद्ध रहेका छन् । वासवानीलाई ६ सेप्टेम्बरमा हृदयघात भएको थियो । त्यसपछि उनलाई तत्काल भोपालको चिरायु अस्पतालमा लगी उपचार गराइएका वासवानीको सोमबार अचानक स्वास्थ्य स्थिति बिग्रिएकाले उनलाई भेन्टिलेटरमा राखी उपचार गराइरहेको थियो । बचाउन नसकेको भन्दै मंगलबार बिहान करिब ७ बजेतिर डाक्टरले उनलाई मृत घोषणा गरिदिएका थिए ।

त्यसपछि उनका परिवारजनले सबै नातेदारहरुलाई मोटुमल वासवानीको निधन भएको खबर दिएका थिए । खबर सुन्ने बित्तिकै सयौँ मानिस र आफन्तजनहरु उनको घरमा पुगिसकेका थिए । र सबैले मिलेर उनको अन्तिम संस्कारको सबै तयारी गरिसकेका थिए ।

केही नातेदारहरु टाढाबाट आउनुपर्ने भएकाले अन्तिम संस्कारको समय दिउसोको २ बजेका लागि राखिएको थियो । यता घरमा सबै तयारी सकेर आफन्तहरु र परिचित मानिसहरु अस्पतालबाट आएरहेको शवको प्रतीक्षा गरिरहेका थिए भने उता अस्पतालको सम्पूर्ण प्रक्रिया पुरा गरेर शव वाहनमा राखेर शवलाई घर ल्याइरहेका थिए । अस्पतालबाट केही स्थान पर पुगेपछि वासवानी उठेर बसे र भने,मलाई कहाँ लगिरहेका छौ ।

यो देखेर शव वाहनमा रहेका सबै मानिसहरु छक्क परे र उनलाई सिधै घर लगे । घर नजिकै रहेका डाक्टर शीतल बलानीले उनको चेकअप गरे र तत्काल एलबीएस अस्पतालमा भर्ना गर्नका लागि सल्लाह दिए । हाल उनी अस्पतालमा रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "मरेको ५ घण्टापछि जीवित भएर बोले यि मानिस"

Leave a comment

Your email address will not be published.


*