बेलायतमा तीन महिनामा ७५ हजार बेराेजगार घटे

ब्रिटेनमा मे महिनादेखि जुलाईसम्म तीन महिनाको अवधिमा बेरोजगारी संख्या ७५ हजारले घटेको छ । गत त्रैमासिकमा बेरोजगारी दर ४.४ बाट घटेर ४.३ प्रतिशतमा पुगेको थियो । राष्ट्रिय तथ्यांक विभागका अनुसार सन् १९७५ पछि यो सबैभन्दा कम वृद्धि हो । त्यो अवधिमा मजदुरी एक बर्ष भन्दा पहिलेको तुलनामा २.१ प्रतिशतले बढेको थियो । तर अघिल्लो महिनाको आर्थिक वृद्धिदर भन्दा केही संख्यामा मात्र घटेका होे ।

अगस्ट महिनामा मुद्रास्फ्रीतिमा २.९ प्रतिशतले गिरावट आएको छ । वास्तवमा मजदुरहरुको संख्या अििघल्लो महिनाको तुलनामा जुलाईसम्म तीन महिनाको अवधिमा ०.४ प्रतिशतले कमी आएको हो । ब्रिटेनका एक वरिष्ठ ओएनएस तथ्यांकविद् माट ह्युजेसले भने, ‘रोजगारीमा भएको यस्तो उच्चदर र कम निष्क्रियता दरले बजार मजबुत रहेको र रहिरहन आवश्यक सुझाव दिने गर्दछ ।’

खासमा श्रम शक्तिमा १६ देखि ६४ बर्ष आयु भएका मानिसहरुको संख्या रोजगारी सम्बन्धि रेकर्ड सुरु भएपछि सबैभन्दा कम अर्थात् २. १ मिलियन भन्दा पनि कम रहेको छ । किनकि उनीहरुको समय परिवार वा घरको हेरचाह गर्दैमा बित्ने गरेको पाइन्छ ।

पछिल्लो बर्षको तुलनामा यसबर्ष आयमा २.१ प्रतिशतको बढोत्तरी हुदाँहुदै पनि मानिसहरुको आयको वास्तविक मुल्य ०.४ प्रतिशतले तल रहेको छ । किनकि यो समयमा रोजगारीमा स्थिरता रहेको छ । मजदुरी स्थिर रहेकाले परेको असरबाट पनि थाहा हुन्छ कि मुद्रास्फ्रीतिमा कमी हुदाँ अर्थव्यवस्थामा कुनै त्यस्तो प्रत्यक्ष असर पर्दैन तर रोजगारीमा वृद्धिले अर्थव्यवस्थामा धेरै शक्तिशाली प्रभाव पार्ने गर्दछ ।

रोजगारमन्त्री डेमियन हाइन्ड्सले भने, अर्थव्यवस्थाको शक्ति भनेको सबै उमेरका मानिसहरुलाई काम मिलिरहेको छ । पढाई छोडेर बसेकाहरुलाई पनि पहिलो काम सुरु गर्न र करियर बनाउनका लागि मद्दत मिलिरहेको छ । एजेन्सी

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "बेलायतमा तीन महिनामा ७५ हजार बेराेजगार घटे"

Leave a comment

Your email address will not be published.


*