जर्सी गाईको दुध स्वास्थ्यका लागि यसकारण हानिकारक

अमेरिकन जर्सी गाईको दुध कुनै पनि हालतमा पिउन हुँदैन । यसलाई गाई नभन्दा पनि हुन्छ । यो गाई जस्तो देखिन्छ जरुर तर जंगली सुँगुर भएको मानिएको छ । ब्राजिल जस्तो देशले पनि एसियाका गाईको संरक्षण गरिरहेको छ । यी गाईको दुध अमृत समान भएको र अमेरिकन गाईको दुध विष समान भएको बताएका छन् ।

अनुसन्धानकर्ताहरुले गरेको अनुसन्धानका आधारमा त्यस्ता अमेरिकन गाई वा जर्सी गाईको दुध र मासु विष तुल्य भएको बताएका छन् । भारतीय र एसियाका गाईको दुध भने स्वास्थ्यका लागि फाइदाजनक भएको बताइएको छ ।

ब्राजिलमा जब भारतीय गाई निर्यात गरियो तब भारतीय गाईबाट प्राप्त हुने हरेक चीजको अनुसन्धान गरियो । यही अनुसन्धानका आधारमा नै उनीहरुले आफ्नो देशमा भारतीय गाईको संरक्षण सुरु गरे ।

अमेरिकन गाई कसरी चिन्ने ?
सबैभन्दा पहिले स्वदेशी र विदेशी जर्सी गाईको पहिचान गर्न आवश्यक छ । यसका लागि सबैभन्दा ठुलो निशानी भनेको स्वदेशी गाईको ढाडमा मोटो र अग्लो हाड रहेको हुन्छ । जबकि विदेशी जर्सी गाईको ढाड समतल हुने गर्दछ । विश्वमा एसियाका केही देशहरु बाहेक अन्यत्र जर्सी गाईको दुध कसैले पनि खादैनन ।

जर्सी गाई विश्वमा सबैभन्दा बढी डेनमार्क, न्यूजिल्याण्ड आदि देशमा पाइने गर्दछ । डेनमार्कमा त झन् मानिसहरुको जनसंख्या भन्दा पनि बढी गाई पाइने गर्दछ । तर उनीहरुले दुध खाने गर्दैनन् ।

अमेरिकन गाईको दुधका बेफाइदा
डेनमार्कमा सबैभन्दा बढी गाई पालिए पनि यहाँका मानिसहरु दुध खाने गर्दैनन । किनकि जर्सी गाईको दुधले क्यान्सर हुने सम्भावना बढी रहेको हुन्छ । घुँडा दुख्ने, मधुमेह हुने जस्ता कयौँ समस्याहरु जर्सी गाईको दुध पिउनका कारणले नै हुने गर्दछ । डेनमार्कका मानिसहरु बिना दुध भएको कालो चिया पिउने गर्दछन् । डेनमार्कको सरकारले त झन् देशमा धेरै दुध भएका कारण समुन्द्रमा लगेर फ्याक्ने गरेको छ । त्यहाँ एउटा लाइन धेरै नै चर्चित रहेको छ, ‘मिल्क इज पाइजन(दुध एक प्रकारको विष हो)’ ।

युरोप र अमेरिकाका खाद्य विशेषज्ञका अनुसार यदि जर्सी गाईको भोजन गरिन्छ वा दुध वा मासु केही पनि खाइन्छ भने त्यसले १५ देखि २० बर्षमा क्यान्सर हुने सम्भावना रहने गर्दछ । जर्सी गाईको दुध खानाले घुडाको दुखाई त तुरुन्तै हुने गर्दछ । यो लगायत मधुमेह, पेटको रोग लगायत अन्य ४८ प्रकारका रोग लाग्ने गर्दछ ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "जर्सी गाईको दुध स्वास्थ्यका लागि यसकारण हानिकारक"

Leave a comment

Your email address will not be published.


*