कोशी हाई ड्याम्पबारे प्रचण्डले देउवाको बचाउ गरे

सप्तरी । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कोशी हाई ड्याम्प समबन्धमा भारतसंग कुनै समझौता नभएको बताएका छन् ।

मंगलबार राजविराजमा चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले चतरामा कोशी हाई डयाम्प बनाउने बारे आफूले भारतसँग सम्झौता गरेको बताएपछि २४ घण्टा नबित्दै दाहाले आज राजविराजमा सो को खण्डन गरेका छन् ।

सप्तरीका संचारकर्मीहरुसंग कुरा गर्दै अध्यक्ष प्रचण्डले अधिकांशसँग राजविराजको विकासका लागि ठूला ठूला आश्वासन बाँड्नमा खर्चिएको बताए । निर्वाचन आचार सहिंताको शीर्ष नेताहरुले तेस्रो चरणको निर्वाचनमा धज्जि उडाएको उल्लेख गरे । दाहाल ठूलो दलबलसहित दुई दिन देखि सप्तरीमा चुनाव प्रचार प्रसार गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "कोशी हाई ड्याम्पबारे प्रचण्डले देउवाको बचाउ गरे"

Leave a comment

Your email address will not be published.


*