बिरामीको मृत्युपछि ओम अस्पताल तनावग्रस्त

काठमाडौं । चाबहिलस्थित ओम अस्पतालमा नाकको शल्यक्रिया गर्दा एक बिरामीको मृत्यु भएपछि अस्पताल तनावग्रस्त बनेको छ । आफन्तले अस्पतालमा नाराजुलुस लगाएका छन् ।

बुधबार दिउँसो बुटवलकी ४० वर्षिय कमला भट्टराईको मृत्यु भएको हो । उनी चार दिनअघि भर्ना भएकी थिइन्, उनी नाकको कुरकुरे हाड सोझ्याउन आएकी थिइन् । मृतकका आफन्तले भने डाक्टरको लापरवाहीका कारण बिरामीको मृत्यु भएको आरोप लगाएका छन् ।

उनीहरुले मृत्युको कारण अस्पतालले प्रष्ट पार्ने र दोषीलाई कारवाही गर्नुपर्ने माग राखेका छन् । यता अस्पतालले भने कमलाको मृत्यु अस्पतालको लापरवाहीका कारण नभई रगतको संक्रमणका कारण भएको बताएको छ ।

शल्यक्रिया गरी नाकको बाङ्गगो हाड सोझ्याउन उनी गत शुक्रवार अस्पताल भर्ना भएकी थिइन् । उनलाई बुधबार दिउँसो अस्पतालले मृतक घोषणा गरेको थियो । उनका आफन्तले भने अस्पतालको लापरवाहीका कारण विरामीको मृत्यु भएको आरोप लगाउँदै अस्पताल परिसरमा नाराजुलुस गरेका हुन् ।

बिरामीको मृत्युबारे छानबिन गर्नुपर्ने, अस्पतालले आफ्नो लापरबाही स्विकारेर माफी माग्नुपर्ने मृतकका आफन्तहरुको माग छ । माग पुरा नभए आन्दोलनमा जाने उनीहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "बिरामीको मृत्युपछि ओम अस्पताल तनावग्रस्त"

Leave a comment

Your email address will not be published.


*