एसीसी यू–१९ एशिया कप छनोटकाे सेमिफाइलनमा नेपाल, भुटान नौ विकेटले पराजित

एसीसी यू–१९ एशिया कप छनोट अन्तर्गत नेपालले लगातार दोस्रो जित निकालेको छ । आज भएको खेलमा नेपालले भुटानलाई नौ विकेटले पराजित गर्यो । मलेसियाको किनरारा ओभल मैदानमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको भुटान २८ ओभरमा ५० रनमा अलआउट भयो ।

प्रतियोगिताको कमजोर टिम मध्येको एक भुटान विरुद्ध नेपालले सुरुवात देखि नै दबाव बनाएको थियो । जसका कारण भुटानको स्कोर चार रन हुदा नन्दन यादवले पहिलो विकेट लिए । त्यसपछि भुटानको स्कोर १५ रन हुदा नेपालले दोस्रो विकेट झारयो । कप्तान दिपेन्द्रसिंह ऐरीले भुटानका नुवाङ थिन्लेलाई पाच रनमा पेभेलियन फर्काए । त्यसको लगत्तै नेपालले तेस्रो विकेट लिन सफल भयो । यसपटक पनि कप्तान दिपेन्द्रले नै पेम चेदुपलाई खाता खोल्न नदिदै पेभेलियन फर्काए ।

भुटानको २९ रन हुँदा नेपालले चौथो विकेट लियो । नेपालका लागि दिपेन्द्रले दोर्जीलाई १३ रनमा आउट गरे । लगत्तै दिपेन्द्रले नै ब्यक्तिगत चौथो विकेट लिएपछि भुटानले २९ रनमा पाच विकेट गुमायो । दिपेन्द्रको कसिलो बलिङ यतिमा रोकिएन । भुटानको स्कोर ३६ रन हुदा पुन दिपेन्द्रले छैटौ सफलता दिलाए । भुटानका गोकुलकुमार घले चार रनमा आउट भए । एकपछि अर्को विकेट गुमाएको भुटान अन्नत ५० रनमा अलआउट भयो । उसका दुई खेलाडीले मात्र दोहोरो अंक छुन सके । जसमा युगेन दोर्जीले १३ तथा तासी फुन्सोले १६ रन बनाए ।

बलिङ तर्फ नेपालका कप्तान दिपेन्द्रसिंह ऐरीले पाच विकेट लिदा सन्दिप लामीछानेले तीन विकेट हात पारे । प्रतियोगितामा सन्दिपको विकेट सख्या १० पुगेको छ । थाइल्याण्ड विरुद्ध उनले सात विकेट लिएका थिए ।

जवाफमा नेपालले आठ ओभर तीन बलमा एक विकेट गुमाउदै लक्ष्य पुरा गरयो । नेपालको जितमा आशिफ शेखले अविजीत २३ रन बनाए भने सन्दिप सुनारले २१ रनको योगदान गरे । नेपालले पहिलो विकेटका लागि ३९ रनको साझेदारी गरेको थियो । जितसंगै नेपालले दुई खेलबाट चार अंक बनाएको छ । अब नेपालले भोली समुहको बलियो प्रतिद्धन्द्धी सिंगापुरसंग खेल्नेछ ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "एसीसी यू–१९ एशिया कप छनोटकाे सेमिफाइलनमा नेपाल, भुटान नौ विकेटले पराजित"

Leave a comment

Your email address will not be published.


*