सर्वोच्च अदालतले डीआईजी नवराज सिलवालको रिट निवेदन खारेज

काठमाडाैं । सर्वोच्च अदालतले डीआईजी नवराज सिलवालको रिट निवेदन खारेज गरेको छ । बरियतामा आफू एक नम्बरमा रहेको र कार्य सम्पादन मूल्यांकनमा पनि आफू नै अगाडि रहेको अवस्थामा प्रकाश अर्याललाई आइजीपी बनाइएको भन्दै सिलवाल अदालत गएका थिए । अदालतले अर्यालको कार्य सम्पादन मूल्यांकन अंक १५४ दशमलव ४ र सिलवालको १५२ दशमलव २ देखिएको भन्दै सिलवालको मागदावी पूरा नहुने ठहर गरेको हो ।

सिलवाल पक्षबाट वरिष्ठ अधिवक्ता हरिहर दाहाल, बद्रीबहादुर कार्की, तुलसी भट्ट, टीकाराम भट्टराई र दीपेन्द्र झालगायतले बहस गरेका थिए । उनीहरुले प्रकाश अर्याललाई आईजिपी नियुक्त गर्ने तत्कालिन सरकारको निर्णय अवैधानिक भएको जिकिर गरेका थिए । निवेदक पक्षका वकिलहरुले भने सो निर्णय बदर हुनुपर्ने र सिलवाल आईजिपी हुनुपर्ने तर्क गरेका थिए ।

सरकारले डीआईजी जयबहादुर चन्दलाई आईजिपी नियुक्त गरेपछि अर्का डिआईजी नवराज सिलवालले आफूलाई अन्याय भएको भन्दै रिट हालेका थिए । त्यसपछि सर्वोच्चले सरकारको निर्णय बदर गर्दै अर्का आइजिपी नियुक्त गर्न परमादेश जारी गरेको थियो ।

त्यसपछि सरकारले डीआईजी प्रकाश अर्याललाई आईजीपी नियुक्त गरेको थियो । अर्याल आईजीपी बनेपछि सिलवाल फेरि अदालत गएका थिए ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "सर्वोच्च अदालतले डीआईजी नवराज सिलवालको रिट निवेदन खारेज"

Leave a comment

Your email address will not be published.


*