उपसभामुख र नेपाल टेलिभिजनका अध्यक्षलाई निर्वाचन अायाेगकाे २४ घण्टे स्पष्टीकरण

भदौ २७,काठमाडौँ । निर्वाचन अायाेगले  उपसभामुख र नेपाल टेलिभिजनका अध्यक्षलाई  २४ घण्टा भित्र  स्पष्टीकरण पेश गर्न पत्र काटेकाे छ ।   निर्वाचन आचार संहिता उल्लङ्घन गरेको विषयलाई लिएर व्यवस्थापिका संसद्का उपसभामुख गंगाप्रसाद यादव र नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष महेशराज दाहाललाई २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न निर्वाचन आयोगले निर्देशन दिएको छ ।

उपसभामुख यादवले सप्तरी जिल्लामा निर्वाचन प्रचार–प्रसारमा निर्वाचन आचारसंहिता विपरीत भारतीय नम्बर प्लेटका गाडीहरु प्रयोग गरेको आरोपमा आयोगले उपसभामुखलाई स्पष्टीकरण सोधेको हो ।  आयोगको स्पष्टी करणमा भनिएको छ । “व्यवस्थापिका ससद्को उपसभामुख पदमा आसिन व्यक्तिले यसरी आचार संहिता विपरीत चुनाव प्रचार प्रसार गरेवापत यहाँलाई कारबाही हुनु पर्ने हो होइन ? २४ घण्टाभित्र आयोग समक्ष स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ । ”

त्यस्तै आयोगले नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष महेशराज दाहाललाई भदौ २६ गते नेपाली काँग्रेसले ललितपुरमा आयोजना गरेको राजनीतिक कार्यक्रममा उपस्थित रहेको भन्दै स्पष्टीकरण पेश गर्न भनिएको छ । आयोगले दाहाललाई भनेको छ, “नेपाल सरकारको स्वामित्वमा रहेको नेपाल टेलिभिजनको कार्यकारी अध्यक्ष पदमा रहेको पदाधिकारी कुनै दल विशेषले आयोजना गरेको राजनीतिक कार्यक्रममा संलग्न हुने कार्य निर्वाचन आचारसंहिता विपरीतको कार्य हँुदा यहाँलाई निर्वाचन आचारसंहित उल्लङ्घन गरेबापत कारबाही गर्नुपर्ने हो होइन ? पत्र प्राप्त भएको मितिले २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ । ”

यस्ताे छ स्पष्टीकरणकाे ब्यहाेरा 

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "उपसभामुख र नेपाल टेलिभिजनका अध्यक्षलाई निर्वाचन अायाेगकाे २४ घण्टे स्पष्टीकरण"

Leave a comment

Your email address will not be published.


*