५ फिल्मकर्मी ‘एभरेष्ट सिने अनर’ बाट सम्मानित

फिल्म सम्बन्धि विभिन्न विधामा अध्ययन तथा अध्यापन गराउँदै आएको ‘एभरेष्ट फिल्म एकेडेमी’ले यस बर्ष देखि ‘एभरेष्ट सिने अनर’ को औपचारिक सुरुवात गरेको छ । आइतबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै सिने अनरको रुपमा ५ फिल्मकर्मीलाई सम्मान गरिएको छ ।

‘एभरेष्ट सिने अनर’ बाट सम्मान पाउनेमा फिल्म ‘जात्रा’बाट निर्देशक प्रदिप भट्टराई, ‘जात्रा’ बाटै नायक विपिन कार्की, ‘लुट २’ बाट सम्पादक सुरेन्द्र पौडेल र ‘लुट २’ बाटै छायाँकार पुरुषोत्तम प्रधान रहेका छन् । यस्तै ‘लाइभटाइम अचिभमेन्ट अवार्ड’बाट बरिष्ट निर्देशक लक्ष्मीनाथ शर्मालाई सम्मान गरिएको छ ।

बर्षभरी प्रदर्शनमा आएका चलचित्र मध्येबाट उत्कृष्ट चलचित्र निर्देशक, कलाकार, सम्पादक र छायाँकारलाई ‘एभरेष्ट सिने अनर’बाट हरेक बर्ष सम्मान गरिने बताइएको छ । करीब २ बर्ष अगाडि सुरुवात गरिएको ‘एभरेष्ट फिल्म एकेडेमी’ले फिल्म सम्बन्धि विभिन्न विधामा अध्ययन अध्यापन गराउदै आइरहेको छ ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "५ फिल्मकर्मी ‘एभरेष्ट सिने अनर’ बाट सम्मानित"

Leave a comment

Your email address will not be published.


*