यो हो विश्वकै पहिलो बियर स्वीमिङ पुल, मज्जा लिन चाहनुहुन्छ भने टिकट काटिहाल्नुहोस्

चिसो मौसम सुरु हुनेवाला छ । चाडपर्व र छुट्टीको बेला पनि सुरु हुने समय आउँदैछ । यस्तोमा प्रायः मानिसहरु छुट्टीको मज्जा लिनका लागि नयाँ नयाँ तरिका अपनाएर साथि तथा आफन्तहरुसँग रमाइलो गर्न के गर्ने, कहाँ जाने भन्ने सोचिरहेका हुन्छन् । यस्तोमा यदि तपाईमध्ये कोही इन्ट्नेशनल ट्रिपको कुनै योजना बनाउँदै हुनुहुन्छ भने अष्ट्रियाको टिकट अवश्य पनि काट्नुहोला ।

युरोपेली देश अष्ट्रियाको टेरेन्जमा एउटा अनौठो खालको स्वीमिङ पुल सञ्चालनमा आएको छ । यो विश्वकै पहिलो बियर स्वीमिङ पुलका रुपमा सुरु भएको छ र यो हालसम्मकै विश्वको एक मात्र बियर स्वीमिङ पुलका रुपमा रहेको छ ।

रक्सी बनाउने कम्पनी स्टार्कनबर्गरले एउटा पुरानो महलमा यस्ता सातवटा स्वीमिङ पुल तयार गरेको छ । जो बियरले भरिभराउ रहेका छन् ।

हरेक स्वीमिङ पुलको लम्बाई करिब १३ फिट राखिएको छ । स्वीमिङ पुलको गहिराई यत्ति कायम गरिएको छ कि तपाई बसेर रिल्याक्स गर्न पनि सक्नुहुनेछ र डुबुल्की मारेर मज्जा लिन पनि सक्नुहुनेछ ।

अष्ट्रियाको चिसो मौसमलाई मध्यनजर गर्दै स्वीमिङ पुलमा तातो बियर हालिन्छ । जसमा थोरै मात्रामा पानी पनि मिसाइएको छ ।

पुलको बियर छिटो छिटो बदलिदैन । अर्थात् पानी जस्तो केही समयमा नै पुलकाे बियर फेरिदैन । त्यसैले स्वीमिङ पुलमा नुहाउदाँ वा पौडिदाको समयमा उक्त पुलको बियर नपिउनका लागि सल्लाह दिइन्छ ।

यदि तपाई बियरमा पौडी खेल्नुका साथै बियर पिएर दोब्बर मज्जा लिन चाहनुहुन्छ भने त्यसको सुविधा पनि त्यहाँ उपलब्ध रहेको छ । मानिसहरुले गरेको अर्डरका आधारमा चिसो बियर पनि सर्भ गर्ने गरिन्छ ।

पिएर मज्जा लिनका लागि मात्र नभई बियर मानिसको छाला र कपालको सुन्दरता बढाउनका लागि पनि फाइदाजनक रहेको छ ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "यो हो विश्वकै पहिलो बियर स्वीमिङ पुल, मज्जा लिन चाहनुहुन्छ भने टिकट काटिहाल्नुहोस्"

Leave a comment

Your email address will not be published.


*