प्रतिनिधि र प्रदेश सभा सदस्यको निर्वाचन कार्यक्रम अायाेगद्वारा स्वीकृत (कार्यतालिका सहित)

काठमाडाैँ । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनको लागि निर्वाचन कार्यक्रम स्वीक्रृत गरेकोे छ । आयोगको सोमबार बसेको बैठकले उक्त निर्वाचनको लागि २०७४ मंसिर १० गते आइतबार र २०७४ मंसिर २१ गते बिहीबारको दिन बिहान ७ बजे देखि ५ बजेसम्म मतदानको समय निर्धारण गरेको छ ।

आयोगबाट स्वीकृत कार्यतालिका बमोजिम समानुपातिक निर्वाचन प्रणालीका लागि २०७४ साल भदौ २४ गतेबाट र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीको पहिलो चरणका लागि मिति २०७४ साल कार्तिक ५ गतेदेखि कार्तिक ८ गतेसम्म र दोस्रो चरणको निर्वाचनका लागि २०७४ साल कार्तिक १६ गतेदेखि कार्तिक १९ गतेसम्म निर्वाचन कार्यक्रम सञ्चालन गर्ने कार्यक्रम तय भएको छ ।

निर्वाचन कार्यतालिका हेर्नुहोस्

 

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "प्रतिनिधि र प्रदेश सभा सदस्यको निर्वाचन कार्यक्रम अायाेगद्वारा स्वीकृत (कार्यतालिका सहित)"

Leave a comment

Your email address will not be published.


*