नेपाल अाइडलका प्रतिष्पर्धी बुद्ध लामा गृह सहर पाेखरामा (भिडियाेसहित)

पोखरा। एपिवान टेलिभिजनद्धारा सञ्चालित चर्चित रियालिटी शो ‘नेपाल आइडल’ को ग्राण्ड फिनालेमा प्रवेश गरेका पोखरेली प्रतिभा गायक बुद्ध लामा मंगलबार पोखरा पुगेका छन् । बुद्धलार्इ पोखरामा भव्य स्वागत गर्दै‘बुद्ध लामा जिताऔं’ नारा घन्काएका छन्।

ग्राण्ड फिनाले प्रवेशपछि आफ्नो गृहनगर पोखरा अाएका बुद्धसंगै रियालिटी सोसंग सम्वन्धित अन्य प्रतिनिधीसमेत रहेका छन्। फाइनल प्रतिष्प्रर्धामा आफ्नो लागि भोट अपिल तथा गृहनगरमा हुने उनको भव्य स्वागतको छायाङ्कन गर्न शो का प्रतिनीधि उनीसंगै पोखरा झरेका हुन् ।

मंगलबार बिहान ८ बजे पोखरा एअरपोर्ट झर्ने वित्तिकै बुद्धलाई बाजागाजासहित स्वागत गरिएकाे छ । स्वागत पश्चात पृथ्वीचोक सभागृह चोक, सिर्जनाचोक हुँदै –यालीसहित पोखराको जनप्रिय चोकमा बुद्धको कन्सर्ट समेत आयोजना गरिएको ‘बुद्ध लामा जिताऔं’ अभियानका संयोजक नवराज बरालले बताए ।

हजारौ प्रतिष्प्रर्धीलाई पछि पार्दै ग्राण्ड फिनाले प्रवेश गरेका बुद्ध सानैदेखि गायनका रुचि राख्दै साधना गरिरहेका प्रतिभा हुन् । टप थ्रि प्रवेश गर्दा अन्य प्रतिष्प्रर्धीलाई करिब २ लाख भोटअन्तर राखेका बुद्धलाई सम्भावित पहिलो नेपाल आइडलका रुपमा हेरिएको छ ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "नेपाल अाइडलका प्रतिष्पर्धी बुद्ध लामा गृह सहर पाेखरामा (भिडियाेसहित)"

Leave a comment

Your email address will not be published.


*