नयाँ शक्ति विद्यार्थी युनियनमा गौतम

काठमाडौँ, २७ भदौ । नयाँ शक्ति विद्यार्थी युनियनको प्रथम महाधिवेशनले श्यामबाबु गौतमको नेतृत्वमा १५१ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ ।   नयाँ शक्ति नेपाल निकट सो विद्यार्थी युनियनको यही भदौ २३ देखि २६ गतेसम्म भएको महाधिवेशनले सो नयाँ नेतृत्व चयन गरेको हो ।

समितिको महिला उपाध्यक्षमा तारा शर्मा, महासचिवमा नेत्र चापागाईं, खुल्ला सचिवमा विकल पौडेल र कोषाध्यक्षमा ओमनारायण महतो चयन हुनुभएको छ ।  समितिमा विभिन्न प्रदेश र समावेशिताका आधारमा उपाध्यक्षहरु र सचिवहरु रहेको सचिव पौडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "नयाँ शक्ति विद्यार्थी युनियनमा गौतम"

Leave a comment

Your email address will not be published.


*