काँग्रेसले प्रदेश नं. २ का उम्मेद्वारमाथि अन्तर्घातकाे उजुरी गर्ने मिति तोक्यो(विज्ञप्तीसहित)

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय अनुसन्धान समितिले कार्यविधि २०७० लाई आवश्यक संशोधन सहित पारित गरेको छ । नेपाली कांग्रेस केन्द्रीय अनुसन्धान समितिका संयोजक रमेश रिजालको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय वी.पी स्मृति भवन ललितपुरमा बसेको बैठकले सो निर्णय गरेको हो ।

केन्द्रीय कार्यालयले अनुसन्धान समितिको सचिव पदमा नेपाली कांग्रेस अनुसन्धान समितिको नेपाली कांग्रेस केन्द्रीय कार्यालयका सचिव अधिवक्ता केशव रिजाललाई नियुक्त गर्ने निर्णय गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरेको छ ।

पहिलो र दोस्रो चरणमा स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेका १,३,४,५,६ र ७ -२ नं प्रदेश बाहेकमा पार्टीको कुनै सदस्यले पार्टीका आधिकारीक उम्मेद्वारका विरुद्ध असहयोग र अन्तर्घात गरेको सम्बन्धमा केन्द्रिय कार्यालयमा उजुरी दिनका लागि २०७४ असोज १० गतेसम्मका लागि समय तोक्ने निर्णय गरेको छ ।

साथै स्थानिय तहको पहिलो र दोस्रो चरणको निर्वाचनमा पार्टीको आधिकारीक उम्मेद्वारका विरुद्ध असहयोग र अन्तर्घात गरेको भनी आजका मितिसम्म केन्द्रिय कार्यालयमा प्राप्त उजुरीमा आरेपित व्यक्तिहरुसँग स्पष्टिकरण माग गरेको जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "काँग्रेसले प्रदेश नं. २ का उम्मेद्वारमाथि अन्तर्घातकाे उजुरी गर्ने मिति तोक्यो(विज्ञप्तीसहित)"

Leave a comment

Your email address will not be published.


*