रेखा र आर्यनको ‘रुद्रप्रिया’ ट्रेलर रिलिज

आर्यन सिग्देल र रेखा थापा अभिनित फिल्म ‘रुद्रप्रिया’ को ट्रेलर सार्वजनिक भएको छ । ८ वर्षपछि स्क्रिन शेयर गरेका आर्यन र रेखाको केमेष्ट्री ट्रेलरमा देख्न सकिन्छ । सुदिप भुपाल सिंहको निर्देशनमा तयार भएको फिल्म ‘रुद्रप्रिया’ लाई रेखाकी आमा सरस्वती थापाले निर्माण गरेकी हुन् ।

लामो समयदेखि चर्चामा रहेको फिल्मको ट्रेलरमा प्रेम, रोमान्स, र द्धन्द्ध जस्ता विषयबस्तु समावेश छ । नायक आर्यन सिग्देल र राजन इशानको फिल्मकी मुख्य पात्रा रुद्रप्रिया प्रतिको प्रेम र आकर्षण देखाइएको छ । रेखा फिल्मसको ब्यानरमा निर्माण भएको फिल्मका कार्यकारी निर्माता रमेश एमके पौडेल रहेका छन् । कात्तिक २ गते प्रदर्शनको मिति तोकिएको फिल्ममा रेखा थापा, आर्यन सिग्देल, राजन इशान, टीका पहरीको मुख्य भुमिका रहेको छ ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "रेखा र आर्यनको ‘रुद्रप्रिया’ ट्रेलर रिलिज"

Leave a comment

Your email address will not be published.


*