पोखराको पृथ्वी चोकमा सिलिन्डर बम, सेनाद्वारा निस्क्रिय (भिडियो सहित)

पोखरा  । पोखराको पृथ्वी चोकस्थित सस्तो बजारमा राखेको सिलिन्डर बम नेपाली सेनाले निस्कृय पारेको छ । सोमबार बिहान आगो निभाउन प्रयोग हुने फायर बिग्रेडको सिलिन्डमा मोटरसाइकलमा व्याट्रि जडान गरि सस्तो बजारमा देखिएको थियो ।
सोमबार बिहान साढे ८ बजे नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको हो । अज्ञात व्यक्तिले सिलिन्डर बम छाडेको र नेपाली सेनाले निस्कृय पारेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख अशोक सिंहले बताए । उनले बम राख्नेको खोजी भइरहेको बताए ।
नेपाल बायुसेवा निगमको जग्गाका भाडामा लिइ सडक व्यापारीले बजार सञ्चालन गर्दै आएका थिए तर केही महिना पहिले अर्को कम्पनीले टेण्डर पारेपछि भत्काएर नयाँ निर्माण गरिरहेका बेला बम भेटिएको हो ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "पोखराको पृथ्वी चोकमा सिलिन्डर बम, सेनाद्वारा निस्क्रिय (भिडियो सहित)"

Leave a comment

Your email address will not be published.


*