पशुपति मन्दिरमा रङ्गरोगन

काठमाडौँ, २६ भदौ । वर्षौंदेखि रङ नलगाइएको पशुपतिनाथको मूल मन्दिरभित्रका ढुंगामा सफाइ गरी बडा दशैं नजिकिँदै गर्दा चम्काउन थालिएको छ । पशुपति क्षेत्र विकास कोष, वाग्मती सफाइ महाअभियान र खेम्स क्लिनिङको संयुक्त आयोजनामा पशुपतिनाथको मूल मन्दिरभित्र अाइतबारदेखि सफाइ शुरु गरिएको हो ।

बिहान दर्शनार्थीको भीड हुने भएकाले दिउँसो १ बजेपछि भीड कम हुने समय पारेर सफाइ गरी रङ लगाउन थालिएको कोषका सदस्य सचिव डा. प्रदीप ढकालले बताए । भक्तजनको भीड कम भएपछि दिउँसो १ः०० बजेदेखि राति ८ः०० बजेसम्म मन्दिरभित्रका ढुंगामा वर्षौंदेखि जम्मा भएको फोहर सफाइ यन्त्रले पुछेर पालिस लगाइने गरेकाे ढकालले जानकारी दिए ।

दिउँसो सफाइसहित रङ लगाएपछि अर्को दिन बिहान भक्तजनको भीड लाग्नुअघि सुक्ने भएकाले दिउँसोको समय रोजिएको कोषले जनाएको छ । यसअघि पशुपति मन्दिर बाहिर पनि यसैगरी सफाइ गरिएको थियो । मन्दिर बाहिर बेलुकी ८ः०० बजेदेखि राति २ः०० बजेसम्म सफाइ गरिएको थियो । मन्दिरभित्र बहुमूल्य गहनालगायत पुरातात्विक सम्पदाका चीजबीज भएकाले कोषको समेत संलग्नतामा सफाइसहित पालिस लगाउने काम शुरु भएको हो ।

कोषको कोषाध्यक्षमा थापाद्वारा पदवाहली

यसैबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कोषको कोषाध्यक्षमा ललितपुरका मिलनकुमार थापालाई चार वर्षका लागि नियुक्त गरेको छ ।  तन्त्र विज्ञान नेपालका अध्यक्ष, दक्षिण एशियाली ज्योतिष महासंघ र नेपाल ज्योतिष परिषद्का समेत उपाध्यक्ष रहेका थपालार्इ भदौ १३ गतेको मन्त्रिस्तरीय निर्णयबाट नियुक्त गरिएको हाे । । थापाले अार्इतबार काेषमा पद बहाली गर्दे पशुपति क्षेत्रको सुधारका ४१ बुँदे योजना अगाडि सारेका छन्  रासस

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "पशुपति मन्दिरमा रङ्गरोगन"

Leave a comment

Your email address will not be published.


*