नेपालले थाइल्याण्डलाई दियो २८२ रनको चुनौति

मलेशियामा जारि एसीसी यू-१९ इस्र्टन रिजन प्रतियोगितामा नेपालले थाइल्याण्डसामु २८२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ५० ओभरमा ७ विकेट गुमाएर २८१ रन बनायो ।
नेपालका लागि अनिलकुमारले उत्कृष्ट खेल प्रर्दशन गर्दै ७४ बलमा ६ चौका र ५ छक्काको मद्दतमा ९१ रन बनाए ।

यस्तै प्रनित थापा मगरले ६१ बलमा तीन चौका र एक छक्कासहित ५० रन बनाए । सन्दिप सुनारले ३२, रोहितकुमार पौडेलले २८, दिपेन्द्र सिंह ऐरी र पवन सरार्फले २२ र आसिफ शेखले २१ रन बनाए । किशोर महतो २ रनमा अविजित रहे ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "नेपालले थाइल्याण्डलाई दियो २८२ रनको चुनौति"

Leave a comment

Your email address will not be published.


*