ट्रक त्रिशुलीमा खस्दा एक जना घाईते

नारायणगढबाट काठमाडौं जाँदै गरेको ट्रक त्रिशुलिमा खस्दा एक जना घाईते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनको जानकारी अनुसार गौंडाकोटबाट बियर बोकेर काठमाडौं जाँदै गरेको ना ५ ख ७२९७ नम्वरको ट्रक ईच्छाकामना गाउपालिका वडा नम्वर ६ जलबिरेबाट त्रिशुलिमा खसेको हो । ट्रक त्रिशुलिमा खस्दा चालक मकवानपुरको हाँडिखोला वस्ने वर्ष ३० का उज्जल कडेंल घाईते भएको र उनको स्थानिय मेडिकलमा उपचार गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "ट्रक त्रिशुलीमा खस्दा एक जना घाईते"

Leave a comment

Your email address will not be published.


*