झापामा विद्युतीय कारोबारसम्बन्धी प्रशिक्षण

भद्रपुर, २६ भदौ । नेपाल बार एसोसियसन झापा इकाइको आयोजना तथा यसैअन्तर्गत रहेको क्षमता अभिवृद्धि समितिको संयोजनमा विद्युुतीय कारोबार ऐन २०६३ सम्बन्धी एक दिवसीय प्रशिक्षण झापाको भद्रपुरमा आइतबार सम्पन्न भएको छ । ताप्लेजुङका जिल्ला न्यायाधीश अशोककुमार बस्नेतले सो विषयमा प्रशिक्षण प्रदान गरेका हुन् ।

समिति संयोजक यज्ञलक्ष्मी चौलागार्इंको अध्यक्षता तथा कानून व्यवसायी बेनु सिटौलाको सञ्चालनमा सम्पन्न कार्यक्रमममा वरिष्ठ अधिवक्ता कुलप्रसाद दाहाल, लेखनाथ निरौला , बारका अध्यक्ष सुरज खत्री लगायतका ५० जनाभन्दा बढी कानून व्यवसायीसहित सरकारी वकिल कार्यालय र जिल्ला प्रहरी कार्यालय झापाका प्रतिनिधिको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "झापामा विद्युतीय कारोबारसम्बन्धी प्रशिक्षण"

Leave a comment

Your email address will not be published.


*