एसिसी यु–१९: नेपालले थाइल्याण्डलाई २ सय ५५ रनले हरायो, सन्दीपले लिए ७ विकेट

काठमाडौं ।  एसिसी यु–१९ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामा नेपालले थाइल्याण्डलाई २ सय ५५ रनको फराकिलो अन्तरले पराजित गरेको छ। नेपालले दिएको २ सय ८२ रनको लक्ष्य पछ्याएको थाइल्यान्ड १० ओभरमै २६ रनको झिनो स्कोरमा अलआउट भयो।

थाइल्यान्डको इनिङ ध्वस्त पार्न सन्दीप लामिछाने एक्लैले ७ विकेट लिए। यस्तै नन्दन यादव, दीपेन्द्रसिंह ऐरी र र किशोर महतोले १र१ विकेट लिए। थाइल्यान्डका कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन्।

यसअघि मलेसियाको क्लम अमन मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले ५० ओभरमा ७ विकेटको क्षतिमा २८१ रन बनाएको थियो।

नेपालका लागि सर्वा्धिक रन बनाएका अनिल कुमार साह सतक बनाउन चुके। उनी ९१ रनमा आउट भए। ७४ बल खेलेका अनिलले ६ चौका र ५ छक्का हिर्काए। रोहित पौडेलले २८ रन बटुले।

उनले ३० बलमा समान एक चौका र एक छक्का हिर्काए। कप्तान दीपेन्द्रसिंह ऐरीले ३२ बल खेलेर २२ रनमा आउट भए। यस्तै प्रनित थापामगरले अर्धशतकीय योगदान गरे। उनले ६१ बल खेलेर ५० रन बनाए। उनले ३ चौका र एक छक्का हिर्काए।

ओपनर मोहमद आसिफ शेखले २१ रन बनाए। ९ ओभरको पहिलो बलमा आउट हुनुअघि २६ बल खेलेर २ चौका प्रहार गर्न सफल भए। अर्का ओपनर सन्दीप सुनारले ३२ रनको योगदान गरे। उनले ५७ बलमा ३ चौका प्रहार गरे। सन्दीपले अनिलसँग दोस्रो विकेटका लागि ५० रनको साझेदारी गरे।
पवन शर्राफ २२ रनमा आउट हुँदा किशोर महतो २ रनमा अविजित रहे।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "एसिसी यु–१९: नेपालले थाइल्याण्डलाई २ सय ५५ रनले हरायो, सन्दीपले लिए ७ विकेट"

Leave a comment

Your email address will not be published.


*