इर्माका कारण फ्लोरिडामा ११ लाख मानिस विद्युत विहीन, दुई जनाको मृत्यु

Irma

सेन्ट पेटर्सबर्ग (फ्लोरिडा) २४ भदौ । क्यारेवियन क्षेत्रको सामुद्रिक आँधी इर्मा आइतबार अमेरिकी राज्य फ्लोरिडामा पुगेको छ ।

इर्माका कारण सो राज्यमा ११ लाख वासिन्दा विद्युतविहीन बनेका छन् ।

फ्लोरिडा विद्युत कम्पनीले मियामी–डाड क्षेत्रमा करिब छ लाख, ब्रोवार्ड मा करिब चार लाख र पाल्म विचमा करिब एक लाख ५० हजार मानिस विद्युत सेवा विहीन बनेका जनाएको छ ।

फ्लोरिडाको कुडजो किजमा आँधीका कारण आइतबार बिहान विशाल पहिरो गएको छ ।

फ्लोरिडा राजमार्ग सुरक्षा गस्ती टोलीले आँधीबाट भाग्ने क्रममा राजमार्गमा दुई जनाको निधन भएको बताएको छ ।

फ्लोरिडामा २१५ किलोमिटर प्रतिघण्टाका गतिमा आएको आँधीका कारण दरले पहिरो गएको छ ।

समयमै लाखौँ मानिसलाई सुरक्षितस्थलमा जान राज्य सरकार तथा सुरक्षाकर्मीले सूचना गरेकोले आँधीका कारण ठूलो मानवीय क्षति नभएपनि हजार्रौ घरहरू प्रभावित बनेका छन् । रासस/एपी

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "इर्माका कारण फ्लोरिडामा ११ लाख मानिस विद्युत विहीन, दुई जनाको मृत्यु"

Leave a comment

Your email address will not be published.


*