जब पैसाको नोटले बनेको ड्रेस लगाएर मेट्राेमा घुसिन महिला, यस्तो थियो मानिसहरुको प्रतिक्रिया

यी महिला अहिले केवल आफ्नो देशमा मात्र होइन, विश्वभरमा नै चर्चामा रहेकी छिन् । सामाजिक सञ्जालमा यिनको पहिरनको खुबै चर्चा भइरहेको छ । नहोस् पनि किन ? यि महिलाले पूरै सम्पत्ति लगाएर हिडेकी जो थिइन । तर यस्तो गर्नुको पछाडि एक खास कारण रहेको छ ।

ती महिला पुरै पैसाको नोटले बनेको ड्रेस लगाएर न्यूयोर्कको मेट्राेमा गएकी थिइन् । उनलाई यस्तो अवतारमा देखेर सबै मानिसहरु छक्क परिरहेका त थिए नै अझ आश्चर्यको कुरा के छ भने उनले त्यहाँका मानिसहरुलाई आफूलाई जति पैसा चाहिएको छ, त्यति नै आफ्नो ड्ेसबाट लिन सक्ने बताइन् ।

यस कामका लागि उनका ब्वाईफ्रेन्डले पनि उनलाई साथ दिएका थिए । उनीहरु दुवैले ईश्वरले आफूहरुलाई नाम, पैसा, खुशी सबै दिएका छन् । अब मानिसहरुलाई सहयोग गर्ने पाले आएको भन्दै गरिब दुःखी र पैसाको आवश्यकता भएका मानिसहरुलाई सहयोग गर्नका लागि आफूहरुले यस्तो अनौठो तरिकाबाट काम गरेको बताएका छन् ।

यद्यपी सोशल मिडियामा भने मानिसहरु यो प्रश्न उठाइरहेका छन् कि दुवैले मिलेर गरेको सहयोगमा केबल महिलाले मात्र किन ? उनको ब्वाइफ्रेन्डले चाहिँ किन यस्तो ड्रेस लगाएनन् ? उनी न्यूयोर्कको मेट्राेमा मात्र नभई सडकमा पनि सहयोगका लागि पैसाको नोटको पहिरन लगाएर हिडेकी थिइन ।

नोटले सजिएर हिड्ने ती महिला अरु कोही नभएर चर्चित मोडल विकी सिपोलिटाकी थिइन् । अर्जेन्टिनाकी मोडल विकीले आफ्नो चर्चा र प्रचारप्रसारका लागि यस्तो तरिका अपनाएर नोट बाड्ने काम गर्दै हिडेको बताइएको छ । तर कारण जे भए पनि यिनीसँग मिलेर धेरै मानिसहरु निकै खुसी भएको बताइएको छ । उनले आफू शहरकै सबैभन्दा गरिब रहेको मेटेमा गएर पैसा बाड्न र आवश्यक आर्थिक सहयोगका लागि यस्तो गरेको बताइन् ।

 

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "जब पैसाको नोटले बनेको ड्रेस लगाएर मेट्राेमा घुसिन महिला, यस्तो थियो मानिसहरुको प्रतिक्रिया"

Leave a comment

Your email address will not be published.


*