किंग्स कलेजले दिगो उधमशिलता तथा आर्थिक विकास सम्मेलन गर्ने

किंग्स कलेजले यहि भदौ २९ देखि ३१ सम्म काठमाण्डाैमा १६ आैं इन्टरनेशनल आन्टरप्रेनरसिप फोरम (आइएफ) सम्मेलनको आयोजना गर्ने भएको छ । हरेक वर्ष विश्वका विभिन्न राष्ट्रमा आयोजना हुने यस आइएफ सम्मेलनको यस वर्षको थिम दिगो उधमशिलता तथा आर्थिक विकास रहेको छ ।

तीनदिनसम्म सञ्चालन हुने सो कार्यक्रम आयोजनाका लागि कलेजले बेलायतस्थित इसेक्स विजनेश स्कुलसँग सहकार्य गरेको छ । सन् २००१ मा इटालिको नेपल्स्बाट सुरु भएको यस सम्मेलनको आयोजना हालसम्म चिन, भारत, दक्षिण अफ्रिका, कोलम्बिया, टर्कि, बहराइन, इटाली, लुथिनिया तथा लाट्भीयाले भइसेकेको छ । यस वर्ष नेपालमा सो कार्यक्रम पहिलोपटक आयोजना हुन लागेको हो ।

सम्मेलनअन्तर्गत प्लिनरी तथा प्यानल सेसन, शैक्षिक, नीतिगत तथा अभ्यासजन्य प्रस्तुती तथा छलफलहरु, नेटवर्किङ्ग, समाजिक अन्तरक्रिया तथा उत्कृष्ट प्रस्तुतीहरुलाई पुरष्कार लगायतको कार्यक्रमहरु समावेश गरिनेछ ।
सम्मेलनमा पाँचवटा सफल उधमशिलताको यात्रा सम्बन्धि भिडियो पनि देखाइनेछ जसमा उत्कृष्ट चयन हुने एक भिडियोलाई ५० हजार रुपैँया राशि बराबरको पुरस्कारले सम्मान गरिनेछ ।

आयोजक कलेजका अनुसार सम्मेलनको क्रममा राष्ट्रिय तथा अन्तराष्ट्रिय गरी जम्मा ६० जना प्रस्तोताहरुले दिगो उधमशिलता, स्टार्टअप तथा दिगो उधमशिलता, दिगो उधमशिलता तथा विकासका साथसाथै दिगो उधमशिलतामा महिला लगायतको सहायक थिमहरुमा आफ्नो प्रस्तुती राख्नेछन् ।

कार्यक्रममा शिक्षक तथा विधार्थी, उधमी, विज्ञ, अनुसन्धानकर्ता, ब्यापारी तथा ब्यवसायि तथा विकास संस्थाहरुको प्रतिनीधिहरु गरी ६०० जनाभन्दा बढी सहभागी हुने अपेक्षा गरीएको छ ।

किंग्स कलेजका प्रधानाध्यापक नरोत्तम अर्याल आइएफ सम्मेलनको आयोजनाले नेपालमा उधमशिलताको विकास तथा प्रबद्र्धनमा निरन्तर रुपमा खटिए बापतको सम्मानको रुपमा लिएको बताए ।

सम्मेलनमा सहभागी हुन नेपाली नागरीकका लागि ६ हजार ६५० रुपैँया तथा न्यून आय भएका मुलुकहरुको नागरीकका लागि १३ हजार ४०० रुपैँया दर्ता शूल्क तोकिएको छ भने नेपाली तथा विदेशी पूर्णकालीन विधार्थीहका लागि सो शूल्क ५ हजार ३०० रुपैँया तथा बेलायती नागरिका लागि २६ हजार ८०० तोकिएको छ ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "किंग्स कलेजले दिगो उधमशिलता तथा आर्थिक विकास सम्मेलन गर्ने"

Leave a comment

Your email address will not be published.


*