मासुको विज्ञापनमा ‘भगवान गणेश’लाई देखाएकोमा भड्किए मानिसहरु

अस्ट्रेलियाको एक भिडियो विज्ञापनमाथि विवाद पैदा भएको छ । खासमा यो विज्ञापनमा एक टेबलमा भगवान गणेश र अन्य धर्मका भगवानको ईश्वरीय रुपलाई भेडाको मासुको उपभोगमा बढावा दिँदै देखाइएको छ । त्यसपछि अस्ट्रेलियामा रहेका हिन्दु समुदायले उक्त विवादित विज्ञापनलाई फिर्ता लिनका लागि माग गरेका छन् । मिडिया रिपोर्टका अनुसार मीट एण्ड लाइभस्टक अस्टे्लिया (एमएलए) ले जारी गरेको विज्ञापनलाई पहिले पनि अस्ट्रेलियन स्ट्याण्डर्ड ब्युरोको हस्तक्षेपमा परेको थियो ।

यो विज्ञापनमा गणेश भगवानका अलावा येशु, बुद्ध, थोर र जीउसलाई खानाको एक टेबलमा चारैतिर बसेर भेडाको मासु खादै गरेको देखाइएको छ । विज्ञापनमा भनिएको छ कि, ‘भेडाको मासुलाई हामी सबैले खान सक्नेछौँ ।’ सबै हिन्दु धर्मावलम्बीहरुले यसलाई असंवेदनशील र अपामानजनक मानेका छन् ।

एबीसी न्यूजका अनुसार बशिष्ठले भने, ‘उनीहरुले भेडाको मासु खाँदै गरेको र आफ्नो लागि नयाँ बजार नीतिमाथि विचार गर्दै देखाइएको छ ।’ समुदायका लागि यो धेरै नै असंवेदनशील र अपमानजनक रहेको र समाजको धारणा विपरीत रहेको बताइएको छ ।

मानिसहरुले यो विज्ञापनलाई लिएर सामाजिक सञ्जालमा आफ्नो रिस पोखेका छन् । उनीहरुले विज्ञापन गर्ने संस्था र व्यक्तिलाई नानाथरी गाली गलौजका शब्द प्रयोग गरी त्यसको विरोध गरिरहेका छन् ।

विवादपछि एमएलए समूहका बजार प्रबन्धक एंड्यु हावीले भने, ‘यू नेभर लैंब अलोन’ को ब्यानरमा आधारित अभियान हो जारी रहेको छ । यद्यपी यसको ट्याग लाइन धेरै नै विवादित रहेको छ । यसका लेखिएको छ, ‘द मीट वी क्यान अल इट (हामी सबैले मासु खान सक्छौँ) ।’

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "मासुको विज्ञापनमा ‘भगवान गणेश’लाई देखाएकोमा भड्किए मानिसहरु"

Leave a comment

Your email address will not be published.


*