‘ज्ञानेन्द्र शब्द प्रयोग गरेर लोकतन्त्र र पूर्वराजा ज्ञानेन्द्रलाई बदनाम नगर्नुस्’

काठमाडाैँ । निर्वाचन आयोग सम्बन्धी समाचार सम्प्रेषण गर्ने पत्रकारहरुलाई राखेर मंगलबार आयोगले गरेको एक अन्र्तक्रियमा पत्रकारहरुको साझा गुनासो थियो निर्वाचन आयोगका सूचनाहरुमा पत्रकारहरुलाई पहुँच भएन । पत्रकारहरु सबैकाे एकमात्र जिज्ञासा थियो लोकतन्त्रमा प्रमुख निर्वाचन आयुक्त ज्ञानेन्द्र बन्न खोजे ? आफ्ना कुरा राख्छन तर पत्रकारका जिज्ञासामा बोल्नै खोज्दैनन् । सबैजसो पत्रकार जमघटमा प्रेस विज्ञप्ति पढेर हिडि हाल्ने प्रमुख निर्वाचन आयुक्त मंगलबार भने पत्रकारको घेराबन्दीमा परे र उनीमाथि खनिए आक्रोसहरु । पत्रकारहरुको निर्वाचन सम्बन्धी गुनासाको सुनुवाई प्रमुख निर्वाचन आयुक्तले यसरी गरे ।

निकै छोटो समयमा हामीलाई निर्वाचन गराउन भनिएको छ । हामीलाई निकै हतारो छ । हाम्रो लागि मिडिया एउटा महत्वपूर्ण पाटो हो । तपाँईहरुको टेलिफोन, इमेल एसएमएसबाट सबैलाई जवाफ दिन कठिन हुन्छ । त्यसैले सूचना सम्प्रेषणलाई हामीले एकद्धारा प्रणाली मार्फत लागू गराएका छौँ । आयोगमा सूचना अधिकारी पनि हुनुहुन्छ । उहाँसंग पनि सूचना लिनुस् । प्रवक्ता तोकेका छौँ, त्यहाँबाट पनि सूचना पाउन सक्नुहुन्छ । अफिसमा छउन्जेल ब्यस्त हुनुपर्छ । घर गएपछि परिवारसंग हुँदा सबै विषयमा बोल्न मिल्दैन ।

हिजोसम्म तीन चरणमा निवर्नचन गर्नु पर्ने अप्ठ्यारो थियो । राष्ट्रिय निर्वाचन गराउनका लागि कानूनहरु थिएन । आयोग सबै खाले निर्वाचन गराउन तत्पर छ । निर्वाचन सम्बन्धी बिभिन्न कार्यहरु ६७ प्रकारका हुन्छन् । सबै काम सम्पन्न गर्नका लागि समय कम छ । अप्ठ्याराहरु छन । यद्यपि अहोरात्र खटेर हामी काम गरि रहेका छौँ । यो परिस्थितिमा सञ्चारकर्मीहरुसंग कुरा गर्न अप्ठ्यारो पक्कै छ । आयोगले सूचना दिन नसकेको सबै अवस्थाप्रति म माफी माग्दछु ।

म दैनिक पत्रपत्रिकाहरु हेर्दछु आयोगका समाचारहरु आईरहेका हुन्छन । यसको अर्थ तपाँईहरुले सूचना पाईराख्नु भएको छ । पत्रपत्रिका हेरेर आचार संहिता उल्लघंन गर्ने पाँच जनालाई कारबाही गरिसकेका छौँ । आचार संहिता पालना गराउनका लागि सञ्चार माध्यमले महत्वपूर्ण भूमिका निर्बाह गरेको छ । टोपी लगाएकै विषयका कुरा आम सञ्चार माध्यममा आए पछि काबाही गरिएको हो । नेपाल सरकारले आग्रह गरेर आचार संहिता खुकुलो बनाई दिन आग्रह गरेबाटै प्रष्ट हुन्छ कि आयोागले निर्वाचन आचार संहिता कडा रुपमा लागू भएको छ । भर्खरै आयोगका माननीय  अायुक्तहरू पनि ती क्षेत्रमा पुगेर फर्किएका छन । ती क्षेत्रमा आचार संहिता कडा रुपमा लागू भएको छ । कतै दुर्गम क्षेत्रमा स–साना घटना भए होलान । निर्वाचन भनेको प्रतिस्पर्धा हो ।

दलहरुको प्रतिस्पर्धा भएका सबै ठाउँमा हाम्रो रेफ्री नपुगेको हुन सक्छ । पत्रकारहरुले अब रेफ्रीको काम गर्नुहोस् । दश जना सचिव सह–सचिवहरु विदेश भ्रमणमा जान लागेको कुरा पत्रकारहरुबाटै थाहा भयो मैले उहाँहरुलाई स्पष्टीकरण सोधी सकेको छु । आचार संहिता उल्लघंन रोक्न पत्रकारहरुले भूमिका खेल्नुहोस । अरु केही गर्न पर्दैन मेरो मोबाईलमा एसएमएस गर्नुहोस । एक घण्टा मै कारबाही गर्छु । मोटरसाईकल -यालीको कुरामा पनि मैले स्पष्टीकरण सोधि सकेको छु । आचार संहिता उल्लघंन आयोग एक्लैले नियन्त्रण गर्न नसक्ला त्यसैले सबैको साथ सहयोग आवश्यक छ । आमसञ्चार माध्यमले पनि अभियनका रुपमा अगाडि बढाउनुहोस् ।

मिडिया सेन्टर बढाउन सकेको छैनौँ । बास्तबमा हामी पनि भूकम्प पिडित हौँ । तर कसैले सुनिदिएको छैन । लोकतन्त्रमा पनि त ज्ञानेन्द्र नै हुन्छन् नि त उहाँ हाम्रो पूर्वराजा हुनुहुन्छ उहाँ श्रद्धेय व्यत्तित्व हुनुहुन्छ । कोही राजा छैन कोही रङ्ग छैन “वि अल आर इक्वयल” प्रजातन्त्रको सबै भन्दा सुन्दर पक्ष नै यही हो । ज्ञानेन्द्रको शब्द प्रयोग गरेर लोकतन्त्र र पूर्वराजा ज्ञानेन्द्रलाई बदनाम नगर्नु होला । ठूला दललाई पनि निर्वाचन आचार संहिता लाग्छ । जो सुकैले आचार संहिता मिचे तुरुन्त आयोग र आयोगका सम्बन्धित निकायलाई खबर गर्नु प¥यो ।

प्रतिक्रिया दिनुहाेस्

1 Trackbacks & Pingbacks

  1. Event Managers in Hyderabad

Leave a comment

Your email address will not be published.


*