महान्यायाधिवक्ता श्रेष्ठले दिए राजीनामा

काठमाडाैं । महान्यायाधिवक्ता रमणकुमार श्रेष्ठले महान्यायाधिवक्ताको पदबाट आज राजीनामा दिएका छन् । महान्यायाधिवक्ता श्रेष्ठले प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो राजीनामा बुझाएका हुन् । श्रेष्ठलाई तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले कानुनी सल्लाहकारका रुपमा नियुक्त गरेका थिए ।

प्रधानमन्त्रीबाट दाहालले राजीनामा दिएपछि वर्तमान प्रधानमन्त्री देउवाकै सल्लाहमा आफूले काम गरेको उनले बताए। उनको एक वर्ष एक हप्ताको कार्यकालमा महान्यायाधिवक्ता कार्यालय निर्माण योजना, सरकारी वकिल सम्मेलनजस्ता काम भएका छन् । रासस

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "महान्यायाधिवक्ता श्रेष्ठले दिए राजीनामा"

Leave a comment