यात्रुवाहक बस पहिराेले बगाउँदा, एककाे मृत्यु, अाठ घाइते

सल्यान । सल्यानबाट दाङ्गको तुल्सीपुर गईरहेको एक यात्रुवहाक बस पहिराेले बगाउँदा एक जनाकाे मृत्यु भएकाे छ । सल्यान रुकुम यातायात ब्यवसायी समितिको ना३ख ३२३० नम्वरकाे यात्रु बस सल्यान र दाङ्गको सिमाना नजिकै पहिरोले बगाउँदा १ जनाको ज्यान गएको हाे । उक्त घटनामा ८ जना घाइते भएको खबर प्राप्त भएको छ । सो घटनामा घाइते भएका सात जनालाई नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले उद्धार गरेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "यात्रुवाहक बस पहिराेले बगाउँदा, एककाे मृत्यु, अाठ घाइते"

Leave a comment

Your email address will not be published.


*