पाकिस्तानको क्वेटा शहरमा बम बिस्फोट, १५ जनाको मृत्यु

पाकिस्तानको क्वेटा शहरमा भएको एक बम बिस्फोटमा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ भने ३० भन्दा बढी घाइते भएका छन् । पाकिस्तानी सेनाका अनुसार उक्त बम बिस्फोटमा आठ सैनिक पनि मारिएका छन् । उक्त बिस्फोटमा ड्युटीमा गइरहेका सुरक्षाबलको गाडीलाई निशाना बनाइएको पाकिस्तान सेनाको जनसम्पर्क विभागले जानकारी गराएको छ ।

पाकिस्तानी अधिकारीहरुका अनुसार उक्त अक्रमणमा घाइते भएकामध्ये १५ जना आमनागरिक रहेका छन् । घाइतेहरुलाई सीएमएच क्वेटा अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ ।

घटनाका प्रत्यक्षदर्शीका अनुसार आक्रमण अति सुरक्षावाला क्षेत्रमा भएको थियो । यसको असरबाट आसपासमा रहेका यातायातका साधनहरुमा आगो लागेको थियो ।

क्वेटा पाकिस्तानको बलूचिस्तान प्रान्तको राजधानी हो । यो क्षेत्र इस्लामी चरमपन्थीहरुबाट नराम्रोसँग प्रभावित रहेको छ । यहाँ अलगाववादी र अपराधिक हिंसा पनि भइरहेको छ ।

जुन महिनामा आईजी पुलिसको कार्यालय अगाडी भएको एक आत्मघाती आक्रमणबाट पनि सात प्रहरी सहित १३ जना मारिएका थिए ।
सरकारी अधिकारीका अनुसार सुरक्षा बन्दोबस्त कडा हुदैँ गएका कारण क्वेटा शहरमा पहिलाको तुलनामा केही मात्रामा आक्रमणमा कमी आएको छ । घटनाको जिम्मा भने हालसम्म कसैले लिएको छैन ।  बीबीसी

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "पाकिस्तानको क्वेटा शहरमा बम बिस्फोट, १५ जनाको मृत्यु"

Leave a comment

Your email address will not be published.


*