नेपाली उत्पादन शिथिल बनाउन, कृषी र पशुजन्य आयातमा ११ अर्ब ७७ करोड राजश्व छुट

नवीन ढुंगाना । काठमाडौं राष्ट्र बैकंको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७३/७४ मा नेपालको ब्यापार घाटा ९ खर्ब ९ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ । आर्थिक वर्ष २०७२/७३ मा नेपालको ब्यापार घाटा ७ खर्ब ४ अर्ब ४५ करोड थियो । एक आर्थिक वर्षमा २ खर्ब ४ अर्ब ९० करोडले नेपालको ब्यापार घाटा बढेको छ । यो वर्ष नेपालले ९ खर्ब ८४ अर्ब ६ करोड रुपैयाँको वस्तु आयात गरेको छ भने ७४ अर्ब ७१ करोडको वस्तु निर्यात गरेको छ । आयातको तुलनामा झिनो अंकमा रहेको निर्यातबिचको खाडल नै ब्यापार घाटाको डरलाग्दो आँकाडा हो ।

व्यापार घाटा कम गर्न देशको पहिलो प्राथमिता भनेको निर्यात बढाउनु हो । गत वर्ष ६ प्रतिशतले निर्यात बढ्दा २७ प्रतिशतले आयात बढेको राष्ट्र बैकंको तथ्याङ्कले देखाउँछ । निर्यात बढाउन उत्पादनमा जोड दिनु नै राज्यको पहिलो प्राथमिकता हुनु पर्ने हो । राज्य नै जनतालाई आर्थिक समृद्धिका नारा बाँडेर आयातलाई पश्रय दिन्छ भन्दा नराम्रो सुनिन सक्छ । वास्तबिकता यस्तै छ ।

महालेखा परिक्षकको चवन्नौँ प्रतिवेदनको अठारौँ पृष्ठमा नेपालको निर्यात र उत्पादनलाई प्रभावित पार्न राज्य संयन्त्रले भूमिका खेलिरहेको तथ्याङ्क उजागर गरिएको छ । जस्ले गर्दा नेपालमा उत्पादन भएका वस्तुले आयात गरिएका सामानसंग प्रतिष्पर्धा नै गर्न सकिरहेको छैन । प्रतिवेदनमा आधारभूत आवश्यकताका खाद्यान्न सस्तो सुलभ मूल्यमा आपूर्ति व्यवस्था मिलाउन कृषि तथा पशुजन्य उत्पादनमा राजस्व छुट दिने, शुल्क, महसुल असुल नगर्ने व्यवस्था अनुसार यस कृषि तथा पशुजन्य उद्योग, ह्याचरी र चिया उद्योगले पैठारी गरेका मालवस्तुमा रु. ११ अर्ब ७७ करोड राजश्व छुट भएको उल्लेख छ । ७४ अर्ब ७१ करोड मूल्या बराबरको वस्तु निर्यात गर्ने मुलुकले ११ अर्ब ७७ करोड मूल्यको कृषि जन्य आयातमा दिएको राजश्व छुटले नेपाली उत्पादन शिथिल बन्न पुगेका हुन ।

प्रतिवेदनले उक्त छुटका कारण स्वदेशी कृषि तथा पशुजन्य उत्पादनमा असर परेको उल्लख छ । यस्ता छुटले गर्दा नेपाली उत्पादन भन्दा सस्तो मूल्यमा आयातित सामान बजारमा पाईए पछि नेपाली उत्पादन विस्थापित हुन पुगेकोतर्फ सम्बन्धित निकायले ध्यान नदिएको प्रतिवेदनले उल्लेख गरेको छ ।

प्रतिवेदनले साफ्टा छुट हुने माल वस्तुहरु प्रमाण पत्र सहित पैठारी भएमा आंशिक महसुल छुट हुने व्यवस्था गरे पनि १ अर्ब ६१ करोड ६४ लाख राजश्व छुट दिनुको आधार नदेखिएको औल्याईएको छ । जसले गर्दा स्वदेशी उद्योगलाई प्रत्यक्ष प्रभाव पारेको छ । प्रतिवेदनमा दाना बनाउने उद्योगको प्रयोजनकालागि ४ अर्ब १८ करोड ५२ लाख राजश्व छुट भएको मकै, भटमासको पिना अन्यात्रै उपयोग भएको समेत जनाईएको छ ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "नेपाली उत्पादन शिथिल बनाउन, कृषी र पशुजन्य आयातमा ११ अर्ब ७७ करोड राजश्व छुट"

Leave a comment

Your email address will not be published.


*