त्रिवेणी र सिद्धार्थ डेभलपमेन्टलाई गाभेको जनता बैंकको यस्तो छ प्रगति

त्रिवेणी विकास बैंक र सिद्धार्थ डेभलपमेन्ट बैंकलाई गाभेको जनता बैंक (JBNL) ले गत आर्थिक बर्षको चौथो त्रैमाससम्मा ६४ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जनताको नाफा अघिल्लो आर्थिक बर्षको भन्दा झन्डै चार गुणा हो ।

अघिल्लो आर्थिक बर्षमा बैंकले १३ करोड ३६ लाख रुपैयाँ थियो। बैंकको खुद ब्याज आम्दानीमा भएको बढोत्तरी र ठूलो रकम खराब कर्जा उठाएपछि नाफा बढेको हो । बैंकले गत आर्थिक बर्षमा खुद ब्याज आम्दानी एक अर्ब १४ करोड रुपैयाँ गरेको छ । साथै बैंकले ४१ करोड ८ लाख रुपैयाँ खराब कर्जा उठाएको छ ।

बैंकले गत आर्थिक बर्षमा ४८ अर्ब ५७ करोड रुपैयाँ निक्षेप संकलन गरि ४५ अर्ब ६५ करोड रुपैयाँ ऋण लगानी गरेको छ।
बैंकले एक आर्थिक बर्षमा दुई अर्ब ३० करोडको चुक्ता पूँजी बढाएर ६ अर्ब ९९ करोड रुपैयाँ पुर्याएको छ। बैंकको जगेडा कोषमा एक अर्ब ८२ करोड रुपैयाँ संकलन भएको छ। त्रिवेणी विकास बैंक र सिद्धार्थ डेभलपमेन्ट बैंकलाई गाभेपछि बैंकको चक्तपूँजी र जगेडाकोषमा उल्लेखीय बढोत्तरी आएको हो ।

बैंकको पूँजी कोष अनुपात १८.१६ प्रतिशत, खराब कर्जा, २.०९ प्रतिशत र प्रति शेयर आम्दानी ९ रुपैयाँ छ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "त्रिवेणी र सिद्धार्थ डेभलपमेन्टलाई गाभेको जनता बैंकको यस्तो छ प्रगति"

Leave a comment

Your email address will not be published.


*