जीप डुब्दा गर्भवतीसहित ६ जनाको मृत्यु

रौतहट । बाढीको पानीले राजपुर अस्पताल भन्दा सय मिटर पर बाटो कटान गरे पछि सो स्थानमा आज बिहान एक भारतीय नम्बरको जीप दुर्घटना भएको छ । बाढीले बाटो कटान गरेको बारेमा जानकारी नहुँदा लौकाहाबाट राजपुर अस्पतालमा प्रसुतीका लागी जाँदै गरेको जीप डुबेको थियो ।

बिहान ३ बजे सो भारतीय नम्बरको जीप डुब्दा एक गर्भवती महिला सहित ६ जनाको मृत्यु भएको प्रहरी उपरिक्षक यज्ञ विनोद पोखरेलले बताए । मृतक मध्ये २ महिला र ४ पुरुष रहेका छन् । जीपका चालक र अर्का एक व्यक्तिले भने ज्यान बचाउन सफल भएको स्थानिय आरजु आलमले बताए ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "जीप डुब्दा गर्भवतीसहित ६ जनाको मृत्यु"

Leave a comment

Your email address will not be published.


*