भारी बर्षा भाेलीबाट कम हुने माैसम बिभागकाे पूर्वानुमान, डुबान क्षेत्रका बासिन्दालार्इ सर्तक रहन सरकारकाे अपील

देशको पूर्वी तथा मध्यभागमा जारी भारी बर्षा भोली बिहानबाट बिस्तारै कम हुने जल तथा मौसम विभागले जनाएको छ । तर भोलीदिन भर पूर्वी भेगमा सामान्य बर्षात भने जारी रहनसक्ने बिभागले अनुमान गरेको छ । पर्सी अर्थात सोमवारवाट भने मौसफ सफा हुन सक्ने पनि बिभागले बताएको छ ।

यसैवीच शनिबार बदली भई देशैभर वर्षा हुने भएकाले सतर्क रहन सरकारले सबैलाई आग्रह गरेको छ । पूर्वमा झापादेखि पश्चिममा चुरे क्षेत्रसम्म बाढीको जोखिम रहेको भन्दै सतर्क रहन सरकारले अनुरोध गरिएको हो ।

जल तथा मौैसम विज्ञान विभागको बाढी पूर्वानुमान शाखाले एक अपिल जारी गर्दै तल्लो तटीय क्षेत्र र डुबान क्षेत्रका बासिन्दालाई सतर्क रहन भनेको छ ।

पूर्वका कन्काई, कोशी, कमला, बिरिङ, त्रियुगा, बाग्मती, खाडो, रातु, लालबकैया र पूर्र्वी राप्तीमा बाढीका कारण पानीको सतह बढेकाले जोखिम बढेको छ ।

यसैगरी पश्चिमममा महाभारत र चुरे क्षेत्रबाट बहने नदी तथा खोलाहरुमा शनिबार बेलुकासम्म बहाव उच्च सक्ने पूर्वानुमान शाखाले गरेको छ । पश्चिम राप्ती, बबई, बाणगंगालगायत नदीमा जल सतह बढ्दो क्रममा छ ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "भारी बर्षा भाेलीबाट कम हुने माैसम बिभागकाे पूर्वानुमान, डुबान क्षेत्रका बासिन्दालार्इ सर्तक रहन सरकारकाे अपील"

Leave a comment