बिराटनगर जलमग्न, बिमानस्थल बन्याे तलाउ

देशकै औद्योगिक नगरी विराटनगरका अधिकांस भाग डुबेको छ । सुरक्षाको दृष्टिले अति संबेदलशील बिमानस्थल पुरै तलाउ जस्तो देखिएको छ । विमानस्थल दुइ दिनदेखि पुरै ठप्प छ ।

तस्वीरमा देखिएको श्री एअरलाइन्सको बिमानको चक्का रहने भाग पूरै डुबेको छ । परीक्षण उडानका लागि बिराटनगरमा पुगेको त्यो बिमान दुई दिन देखि विमानस्थलमा रहेको छ । विमानस्थल सुरक्षाका लागि सुरक्षाकर्मी बस्ने स्थानमा पनि पानी भरिएको छ । सडकमा बगेको भल खोलाकै रुपमा भएकाले मानिसहरु बाहिर निस्किएका छैन । घरको भूइतल्लासम्म पानी भरिएकाले मानिसहरु सर सामान जोगाउन लागेका छन् ।

केही सरकारी कार्यालय र नोबल अस्पतालमा पानी भरिदा बिरामी समष्यामा परेका छन। बिराटनगर यति धेरै डुवानमा यस अघि कहिले नपरेको विराटनगरबासी वताउँछन् ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "बिराटनगर जलमग्न, बिमानस्थल बन्याे तलाउ"

Leave a comment

Your email address will not be published.


*