९१ बर्षको उमेरमा स्नातक उत्तीर्ण यी हजुरआमा

९१ बर्षको उमेर, पक्की उमेर । जसमा मानिसहरु आफ्ना नातिनातिना हेरेर र तीर्थ यात्रा गरेर बिताउने गर्दछन् । उनीहरु केबल सन्तानको माया र भगवान भक्तिमा लीन रहेका हुन्छन् । तर मनले चाह्यो भने के पुर्याउन सकिदैन र? यस्तै उदाहरण बनेकी छिन्, ९१ बर्षीया हजुरआमा । उनले हालै मात्र स्नातक उत्तीर्ण गरी पढ्नलाई उमेरले छेक्न सक्दैन भन्ने भनाईलाई पुष्टि गरेकी छिन् ।

थाइल्याण्डकी किमलान जिनाकुलले लगातार १० बर्षको मिहेनतपछि यो सफलता हात पार्न सफल भएकी हुन् । उनी अगाडिको स्कुल तहको पढाईमा प्रतिभाशाली छात्राका रुपमा चिनिन्थिन् । उनले उत्तरी थाइल्याण्डको लम्पाङग प्रान्तको सबैभन्दा राम्रो स्कुलमा पढेकी थिईन । तर उनी अगाडिको पढाईका लागि यूनिभर्सिटी जान सकिनन । बिना विश्वविद्यालयको पढाई उनलाई स्नातक उत्तीर्ण गर्नु सम्भव थिएन ।

उनका परिवार बैंकक गएपछि लगत्तै उनको विवाह भयो । त्यसपछि उनले आफ्नो पढाईको सपना नै बिर्सिन बाध्य भइन् । उनी भन्छिन्, म सधैँ नै मेरो बच्चाहरुले पढुन भन्ने चाहन्थे । त्यसैले जब ऊ यूनिभर्सिटी जान चाहन्थे त्यो समयमा मैले सक्दो प्रोत्साहन र समर्थन गरे । हाल किमलानका पाँच छोराछोरीमध्ये चार बच्चाहरुसँग पोस्ट ग्राजुएटको डिग्री रहेको छ भने एक सन्तानले त अ‍ेमरिकाबाट पीएचडी को पढाई पनि सकिसके ।

किमलानले आफ्नो बच्चाहरुको अनुभवबाट प्रेरित भएर यूनिभर्सिटीमा भर्ना गरिन । र केही दिन अघि मात्र उनले डिग्री पनि हासिल गरिन् । पहिलो पटक यूनिभर्सिटीमा भर्ना गर्दा उनको उमेर ७२ बर्षको थियो । केही समयपछि उनको छोरीको मृत्यु भएकाले उनले आफ्नो पढाईलाई निरन्तरता दिन सकिनन् ।

त्यसपछि जब उनी ८५ बर्षकी भइन्, त्यसपछि उनले ह्यूमन इकोलोजी विषयमा भर्ना गरिन् । यो पाठ्यक्रमले आफूलाई राम्रो र खुसीयाली जिन्दगी बाँच्न सिकाउने उनको भनाई थियो ।   पढाईको शिलशिलामा उनी हरेक बिहान उठेर बौद्ध भिक्षुहरुलाई दान गर्थिन । त्यसपछि मन्दिर गएर आएपछि पढ्नका लागि समय निकाल्ने गर्दथिन् । किमलान भन्छिन्, पढाईका लागि कहिल्यै पनि उमेरले छेक्दैन । मेरो दिमाग सिक्नका लागि सधैँ जागरुक र तीक्ष्ण छ । यो संसार कहिल्यै पनि रोकिदैन । त्यसैले हामीले पनि सबै नयाँ र चाहेको कुरा सिक्दै जानुपर्छ ।

उनले आफ्नो दृढता र महत्वकांक्षा नै आफ्नो सफलताको मूल सूत्र भएको बताइन । उनी हाल राम्रो जागिरको खोजीमा रहेकी छिन् । र उनलाई विश्वास रहेको छ कि उनलाई जाकोहीले पनि सजिलै जागिर दिनेछन् । कुनै पनि काम गर्नका लागि उमेरले नछेक्ने भएकाले आफूले चाहेको काम गर्न अरुलाई पनि आग्रह गरिरहेकी छिन् ।

 

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "९१ बर्षको उमेरमा स्नातक उत्तीर्ण यी हजुरआमा"

Leave a comment

Your email address will not be published.


*