सलमानसँग विश्वकै सबैभन्दा महंगो कुकुर, हरेक महिना लाखौँ खर्च गर्छन्

बलीउड फिल्म इन्डष्ट्री सलमान खान सबैभन्दा बढी पारिश्रमिक लिने हीरोका रुपमा चिनिन्छन् । फिल्मका अलावा उनी आफ्नो कम्पनी ‘बीइंग ह्युमन’का माध्यमबाट करोडौँ रुपैया कमाउने गर्दछन् । उनी आफ्नो विलासी जीवन जिउनुका साथै कुकुर पाल्न पनि शौक राख्ने गर्दछन् ।

सलमानसँग माइसन र माइजान नामक दुई कुकुर रहेका थिए । जसको २०१६ मा निधन भएको थियो । सलमान उनीहरुलाई आफ्नो ज्यान भन्दा पनि बढी माया गर्थे । उनले यि दुई कुकुरलाई बिग बोस को सेटमा पनि ल्याएका थिए । सलमान आफूले आफ्नो कुकुरबाट धैर्यता र संयमता सिकेको र उनीहरुले आफूलाई अनकन्डिन्सनल प्रेम गर्न सिकाएको बताउछन् ।

यि दुई कुकुरपछि सलमानसँग लैब्राडोर, सेन्ट बर्नार्ड र नेपोलिटन मस्टिफ ब्रीड का कुकुरहरु रहेका छन् । यिनीहरुको नाम मोगली, सेंन र माई लब रहेको छ । सलमानको एउटा कुकुरको मुल्य २ लाख भारु रहेको छ । ती कुकुरहरुलाई उनी हरेक महिना ५० हजार रुपैया खर्च गर्ने गर्दछन् ।

जब सलमान खान बजरंगी भाइजान सुटिङ गरिरहेको समयमा उनको एउटा कुकुर सैंडी बिमार भएको थियो तब उनी आफ्नो फिल्मको सुटिङ नै रोकेरै तुरुन्तै राजस्थानबाट घर आएका थिए । सलमान खान सामाजिक सञ्जालमा पनि आफ्नो कुकुरहरुको फेटो शेयर गरिरहेका हुन्छन् ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "सलमानसँग विश्वकै सबैभन्दा महंगो कुकुर, हरेक महिना लाखौँ खर्च गर्छन्"

Leave a comment

Your email address will not be published.


*