चूडामणि शर्मालाई साधारण तारेखमा रिहा गर्न सर्वोच्चको आदेश

काठमाडौ । सर्वोच्च अदालतले आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्मालाई साधारण तारेखमा रिहा गर्ने आदेश दिएको छ। सर्वोच्चले उनलाई गैरकानुनी थुनामा राखेको भन्दै परेको बन्दी प्रत्यक्षीकरण मुद्दामा सुनुवाई गर्दे यस्तो निर्णय सुनाएको हो।

न्यायाधीशहरु दीपकराज जोशी, दीपककुमार कार्की, केदारप्रसाद चालिसे, सारदाप्रसाद घिमिरे र अनिलकुमार सिन्हाको बृहत पूर्ण इजलासले यस्तो आदेश दिएको हो।

शर्माकी श्रीमति कल्पना उप्रेति शर्माले विशेष अदालतलाई विपक्षी बनाई शर्मालाई गैर कानुनी रुपमा थुनामा राखेको भन्दे गत असार २७ गते सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट जाहेर गरेकी थिइन।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनीरुपमा व्यापारीहरुलाई २१ अर्ब रुपैया भन्दा बढि कर छुट दिएर अनियमितता गरेको आरोपमा शर्मालाई पक्राउ गरेको थियो ।

आन्तरिक राजस्व विभागको महानिर्देशक हुनु अगाडि शर्मा सम्पत्ति सुद्धीकरण अनुसन्धान विभागमा थिए ।

शर्मासहित कर फर्छ्यौट आयोगका पदाधिकारीलाई १० अर्ब ९६ करोड रुपैयाँ भ्रष्टाचारको आरोप लागेको छ ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "चूडामणि शर्मालाई साधारण तारेखमा रिहा गर्न सर्वोच्चको आदेश"

Leave a comment

Your email address will not be published.


*