योगगुरु रामदेव बाबा पनि बलीउडमा डेब्यु गर्दै

योगगुरु बाबा रामदेव छिट्टै नै फिल्मी स्क्रिनमा देखिने भएका छन् । उनी बलीउडमा प्रवेश गर्न लागेका हुन् । भारतीय मिडियाका अनुसार रामदेव ‘ये हेँ इन्डिया’ फिल्मको गीतमा देखिने भएका छन् । उनी उक्त फिल्मलाई समर्थन गर्नका साथै फिल्मको प्रमोशनका लागि पनि सहयोग गर्ने भएका छन् ।



‘ये हेँ इन्डिया’ फिल्मको ‘सैँया सैँया’ बोलको गीतबाट रामदेव बाबाले बलीउडमा प्रवेश गर्न लागेका हुन् । उनले हालसम्म कयौँ बलीउड सेलिब्रेटीसँग स्टेज कार्यक्रम पनि गरिसकेका छन् । तर फिल्मी जगततमा भने उनको यो प्रथम प्रवेश हो ।

उक्त फिल्मको विषयलाई लिएर रामदेवले भने, जुन देशमा बर्षाै पहिले वेदको खोजी गरिएको थियो, त्यहीँ देशलाई नै मानिसहरु गलत दृष्टिले हेर्ने गरेका छन् । भारतप्रतिको गलत सोच र परिवर्तित ढाचाँमा आधारित भएर फिल्म ‘ये हेँ इन्डिया’ देखाउन खोजिएको छ । उनले थपे, देशको स्वाभिमानसँग सम्बन्धित भएकाले पनि यो फिल्मको हिस्सा बनेको ता कि भारतको सही र यथार्थ चित्रण गर्न सकियोस् ।

उक्त फिल्म १८ अगस्टमा रिलिज हुने भएको छ । फिल्ममा गेवी चहल र डायना उप्पल मुख्य भुमिकामा देखिने भएका छन् ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "योगगुरु रामदेव बाबा पनि बलीउडमा डेब्यु गर्दै"

Leave a comment

Your email address will not be published.


*