यस्तो रहस्यमयी रुख, जहाँ ४० थरीका फलफुल फल्छन्

पृथ्वीमा एउटा यस्तो रुख रहेको छ, जहाँ ४० थरीका अलग अलग फलहरु फल्ने गर्दछन् । यस्तो चमत्कार प्रकृतिको वा कुनै पनि वैज्ञानिकको होइन । यो एउटा प्रतिभाशाली कलाकारको प्रतिभाको नतिजा हो ।

अमेरिकाको न्यूयोर्कमा रहदै आएका दृश्य कलाकार साम भेन अकेनले बर्षाैको मिहेनतपछि एउटा यस्तो रुख विकसित गरेका छन्, जसमा आरु, खुर्पानी, बदाम, चेरी,स्याउ  लगायतका ४० थरीका भिन्नाभिन्नै फलफुलहरु फल्ने गरेका छन् ।

ग्राफ्टिङ प्रविधिको प्रयोग गरेर सामले यस्तो अनौठो रुख विकसित गरेका हुन ।

उनले भिन्न भिन्न रुखका शाखालाई एउटै रुखमा ग्राफ्ट गर्दै गए । यसो गर्दै जाँदा उनले फलफुल खेतीका विशेषज्ञसँग पनि सहयोग लिए । ती विशेषज्ञ पनि साम आखिर यस्तो किन गरिरहेका छन् भन्ने कुराको भ्रममा रहेका थिए ।

जब सामले गरेको कामको र मिहेनत सफल भयो ती विशेषज्ञ पनि आश्चर्यचकित भएका थिए । सामको बर्षाैदेखिको मिहेनत सफल भयो । भनिन्छ नि प्रतिक्षाको फल मीठो हुन्छ । तर उनको मिहेनतको सफलता देख्दा उक्त फल मीठो मात्र नभई सुन्दर पनि देखियो ।

उक्त रुखमा अलग अलग फलफुल अलग अलग समयमा विकसित हुने गर्दछन् । त्यसैले साम बर्षमा कयौँ पटक फलफुल टिप्नका लागि त्यहाँ जाने गर्दछन् । सन् २०१४ मा अमेरिकामा उनले यस्ता १६ वटा रुख लगाएका थिए । हाल उनले यस्ता थुप्रै रुखहरु विकसित गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "यस्तो रहस्यमयी रुख, जहाँ ४० थरीका फलफुल फल्छन्"

Leave a comment

Your email address will not be published.


*